२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ईलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जुवाको खालबाट नगदसहित ९ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ ०६, २०८२

दाङ । ईलाका प्रहरी कानमा कार्यालय तुल्सीपुरले तुलसीपुर ५ न्यूरोडस्थित मीनबहादुर घर्तीको घरबाट जुवा खेलिरहेको अवस्थामा ४६ हजार छ सय ४५ रुपैयाँसहित नौजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेहरुमा सल्यान कपुरकोट–४ घर भई हाल तुलसीपुर–५ वस्ने वर्ष ४६ का मीनबहादुर घर्ती, तुलसीपुर–६ का वर्ष ५१ का नरबहादुर शाही, तुलसीपुर–८ का वर्ष ४४ का नीमबहादुर भण्डारी, तुलसीपुर–६ का वर्ष ४० का विष्णुप्रसाद नेपाली, तुलसीपुर–८ का वर्ष ३७ का विश्व डाँगी, तुलसीपुर–६ का वर्ष ४३ का डिलबहादुर नेपाली, वर्ष ४८ का ओमबहादुर थापा, सल्यान बागचौर–४ घर भई तुलसीपुर–५ बस्ने वर्ष ४० का शेरबहादुर घर्ती र तुलसीपुर– ७ का वर्ष ४२ का प्रकाश भुसाल रहेका छन् ।

उनीहरुलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!