१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बाँके प्रहरीको ठुलो सफलता नेपालगन्जबाट १ क्विन्टल बढी गाँजासहित ४ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ ०६, २०८२

बाँके । नेपालगन्जमा ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछी जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज २२ स्थित कान्तितालबाट गएराति २ किलो ३५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो ।

लागुऔषधको टोलीले नेपालगञ्ज–१४ का १७ वर्षीय विनय सोनी, वडा नम्बर २२ का १६ वर्षीय आदर्श साहान र नेपालगञ्ज–६ का २१ वर्षीय दिपेश चौरासियालाई कान्तितालबाट २ किलो ३५० ग्राम गाँजासहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुसँग सोधपुछ गर्ने क्रममा उक्त गाँजा बिक्री गर्ने अर्कै व्यक्ति रहेको खुल्न आएको हो ।

प्रहरीले उनीहरुहरुले दिएको हुलिया अनुसार डुडुवा गाउँपालिका–४ का ५० वर्षीय भागिराम खटिकलाई तत्काल नियन्त्रणमा लिएको बाँके प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका खटिकको घर खानतलासी गर्ने क्रममा प्रहरीले थप १ सय ११ किलो ४०६ ग्राम गाँजा बरामद गरेको हो ।

प्रहरीले उक्त परिमाणको गाँजासहित पक्राउ परेका चारै जनालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी प्रहरीले नेपालगञ्ज नाका नजिकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र सोही स्थानका २७ वर्षीय सौरभ टमाटा रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले चन्द्रबहादुर  र सौरभलाई नेपालगन्ज–१५ जमुनाहाबाट रुपईडिहादेखि नेपालगञ्ज आउँदै गरेको अवस्थामा १ ग्राम ३३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सोमबार पक्राउ परेका उनीहरुसँग प्रहरीले थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

त्यसैगरी नेपालगञ्ज–१५ जमुनाहाबाट जुम्लाको चन्दननाथ नगरपालिका–१० का २१ वर्षीय आशिष न्यौपानेलाई प्रतिवन्धित औषधिसहित प्रहरीले पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले न्यौपानेलाई ट्रामाडोल ५० ट्याबलेट र नाइट्रोभ्याट ७० ट्याबलेट गरी जम्मा १२० ट्याबलेट प्रतिवन्धित औषधिसहित पक्राउ गरेको हो । न्यौपानेलाई सोमबार दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!