१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

गाजामा भोकमरी हजारौं शिशुहर ज्यान गुमाउँदै नाकाबन्दीले मानवीय संकटमा गम्भीर,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ ०७, २०८२

काठमाडौं । गाजा अन्तर्राष्ट्रिय समुदायले इजरायलको व्यवहारको आलोचना गर्दै थप दबाब दिन थालेको छ।

७ जेठ, काठमाडौं । बेलायतले इजरायलसँग भइरहेको व्यापार सम्झौतासम्बन्धी वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। गाजामा इजरायलले सुरु गरेको नयाँ सैन्य अभियानको कडा आलोचना गर्दै बेलायती सरकारले यस कदमको घोषणा गरेको हो।

बेलायतले इजरायलका राजदूतलाई बोलाएर वेस्ट बैंकमा नयाँ प्रतिबन्ध लगाएको छ।

पछिल्लो समय इजरायली आक्रमणमा परी गाजामा ठूलो संख्यामा मानवीय र भौतिक क्षति भइरहेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

गाजाका अधिकारीहरूका अनुसार इजरायलले अपनाएको ‘भोकमरी नीति’ का कारण २ मार्च यता कम्तिमा ३२६ जना प्यालेस्टिनीको भोककै कारण मृत्यु भएको छ ।

विश्वव्यापी ध्रुवीकरण बढ्दै

अलजजिराका अनुसार संयुक्त राष्ट्रसंघले आगामी ४८ घन्टाभित्र १४ हजार शिशुहरूको ज्यान जाने उच्च जोखिम देखिएको चेतावनी दिएको छ ।

गए राति मात्रै इजरायलले गरेको बमबारीमा परी कम्तिमा २४ जनाको ज्यान गएको छ । बेलायत र युरोपेली संघले गाजा क्षेत्रमा जारी ‘क्रूर युद्ध’को कडा आलोचना गरेको छ । यद्यपि इजरायलले भने यसलाई खारेज गरिदिएको छ ।

बेलायती विदेशमन्त्री डेभिड लेमीले गाजामा भइरहेको बढ्दो सैन्य कारबाही ‘नैतिक रूपमा अस्वीकार्य’ भन्दै आलोचना गरेका छन्। यो निर्णय इजरायलको हालको आक्रामकता र गाजामा भोकमरीको गम्भीर चेतावनी आएपछि गरिएको हो।

यसै विषयमा बेलायती संसदमा कन्जर्भेटिभ पार्टीकी सांसद प्रीति पटेलसँग विदेशमन्त्री लेमीबीच कडा बहस समेत भएको छ।

यसैबीच, इजरायली विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘कुनै पनि बाह्य दबाबले इजरायललाई आफ्नै अस्तित्वको रक्षा गर्ने बाटोबाट विचलित गराउन सक्दैन।’

हजारौं शिशु तत्काल मर्ने अवस्थामा पनि इजरायलले नाकाबन्दी जारी राखेको भन्दै इजरायलविरुद्ध विश्वव्यापी आलोचना बढिरहेको छ । इजरायलको गाजामा जारी नाकाबन्दी र बढ्दो मानवीय संकटका कारण उसलाई ‘विश्वव्यापी बहिष्कृत’ राष्ट्रको संज्ञा दिनुपर्ने तर्क वासिङ्गटन पोस्टले गरेको छ ।

युरोपेली संघले व्यापार सम्झौता पुनरावलोकन गर्ने निर्णय गरेको छ भने बेलायतले व्यापार वार्ता स्थगित गर्दै केही प्रतिबन्धहरू लगाएको छ।

संयुक्त अरब इमिरेट्सको सरकारी समाचार एजेन्सीले यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद अल नाह्यान र उनका इजरायली समकक्षी गिडियोन सारबीच टेलिफोन वार्तामा एक समझदारीमा पुगिएको जनाएको छ ।

उक्त सहायता प्रारम्भमा गाजाका करिब १५,००० नागरिकहरूको खाद्य आवश्यकताहरूका लागि हुनेछ। यसमा बेकरीहरूको लागि आवश्यक सामग्री र शिशु हेरचाहका लागि अत्यावश्यक सामग्रीहरू पनि समावेश गरिनेछ।

यसैबीच फ्रान्स र क्यानडाले गाजामा आक्रमण नरोक्ने हो भने ‘ठोस कदम’ चालिने चेतावनी दिएका छन् ।

किङ्स कलेज लन्डनको स्कूल अफ सेक्युरिटी स्टडीजका वरिष्ठ प्राध्यापक आन्द्रियास क्रिगले अल जजीरासँग कुरा गर्दै भनेका छन्, ‘बेलायत, फ्रान्स र क्यानडाको इजरायलविरुद्धको यो चेतावनीले अन्य पश्चिमी मुलुकहरूका लागि उदाहरण स्थापित गर्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!