१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

भारतकी बलिउड अभिनेत्री कियारा आडवाणी बिकिनीमा सामाजिक संजालमा भाइरल,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, जेठ ०७, २०८२

काठमाडौं । भारत बलिउड अभिनेत्री कियारा आडवाणीको चर्चा भैरहेको छ । यो चर्चा उनको ‘प्रेगनेन्सी ग्लो’ले भने होइन । आगामी फिल्म ‘वार २’को टिजरमा समावेश दृश्यको कारण उनी अनलाइन ट्रेन्डिङमा छिन् ।

टिजरमा उनलाई आकर्षक सुनौलो बिकिनी लुकमा देख्न सकिन्छ । उनको यो लुकले इन्टरनेटमा आँधी नै आएजस्तो देखिन्छ । टिजरमा कियारालाई ऋतिक रोशनको अपोजिटमा प्रस्तुत गरिएको छ ।

उनको उक्त दृश्य भाइरल बनेको छ । फ्यानले यसबारे कुरा गरिरहेका छन् । टिजरमा कियारा पूर्णरूपमा टोन्ड फिगरको साथमा ग्ल्यामर्स बिकिनीमा समुद्र तटमा आत्मविश्वासका साथ हिंडिरहेकी छिन् ।

दृश्यलाई सुन्दर ढंगले खिचिएको छ । अर्को दृश्यमा कियारा ऋतिकसँग रोमान्टिक हुँदै गरेको देखिन्छ । सामाजिक संजालमा अभिनेत्रीको प्रशंसाको गुञ्जायमान छ ।

‘उनी दुई सेकेन्डको सटमा पनि चम्किरहेकी छिन्’देखि ‘गर्भवती होस् वा नहोस्, कियारा पूर्ण देवी हुन्’ सम्म प्रशंसकले उनलाई मायाको वर्षा गरिरहेका छन् । कतिपयले टिजरमा थुप्रै आश्चर्यजनक तत्व रहेको लेखेका छन् ।

कियारा अहिले अभिनेता–पति सिद्धार्थ मल्होत्रासँग पहिलो बच्चाको पर्खाइमा छिन् । निर्माता कम्पनी यशराज ब्यानरले मंगलबार अभिनेता जुनियर एनटीआरको जन्मदिन अवसरमा धमाकेदार टिजर सार्वजनिक गरेको थियो ।

अयान मुखर्जीद्वारा निर्देशित ‘वार २’ फ्रान्चाइजीको सबैभन्दा महत्वाकांक्षी श्रृंखलामध्ये एक बन्ने तयारीमा छ । यो फिल्म अगस्ट १४ मा प्रदर्शन हुने जनाइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!