२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतकी बलिउड अभिनेत्री कियारा आडवाणी बिकिनीमा सामाजिक संजालमा भाइरल,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, जेठ ०७, २०८२

काठमाडौं । भारत बलिउड अभिनेत्री कियारा आडवाणीको चर्चा भैरहेको छ । यो चर्चा उनको ‘प्रेगनेन्सी ग्लो’ले भने होइन । आगामी फिल्म ‘वार २’को टिजरमा समावेश दृश्यको कारण उनी अनलाइन ट्रेन्डिङमा छिन् ।

टिजरमा उनलाई आकर्षक सुनौलो बिकिनी लुकमा देख्न सकिन्छ । उनको यो लुकले इन्टरनेटमा आँधी नै आएजस्तो देखिन्छ । टिजरमा कियारालाई ऋतिक रोशनको अपोजिटमा प्रस्तुत गरिएको छ ।

उनको उक्त दृश्य भाइरल बनेको छ । फ्यानले यसबारे कुरा गरिरहेका छन् । टिजरमा कियारा पूर्णरूपमा टोन्ड फिगरको साथमा ग्ल्यामर्स बिकिनीमा समुद्र तटमा आत्मविश्वासका साथ हिंडिरहेकी छिन् ।

दृश्यलाई सुन्दर ढंगले खिचिएको छ । अर्को दृश्यमा कियारा ऋतिकसँग रोमान्टिक हुँदै गरेको देखिन्छ । सामाजिक संजालमा अभिनेत्रीको प्रशंसाको गुञ्जायमान छ ।

‘उनी दुई सेकेन्डको सटमा पनि चम्किरहेकी छिन्’देखि ‘गर्भवती होस् वा नहोस्, कियारा पूर्ण देवी हुन्’ सम्म प्रशंसकले उनलाई मायाको वर्षा गरिरहेका छन् । कतिपयले टिजरमा थुप्रै आश्चर्यजनक तत्व रहेको लेखेका छन् ।

कियारा अहिले अभिनेता–पति सिद्धार्थ मल्होत्रासँग पहिलो बच्चाको पर्खाइमा छिन् । निर्माता कम्पनी यशराज ब्यानरले मंगलबार अभिनेता जुनियर एनटीआरको जन्मदिन अवसरमा धमाकेदार टिजर सार्वजनिक गरेको थियो ।

अयान मुखर्जीद्वारा निर्देशित ‘वार २’ फ्रान्चाइजीको सबैभन्दा महत्वाकांक्षी श्रृंखलामध्ये एक बन्ने तयारीमा छ । यो फिल्म अगस्ट १४ मा प्रदर्शन हुने जनाइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!