१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को

Logo
ABC-Sanchar प्रकाशित बुधबार, जेठ ०७, २०८२

रुकुमपुर्व । जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता बारे धारणा राख्नुभयो। उहाँले अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको स्पष्ट पारे।

सोही अवसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा (एमाले) निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन्।

अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे। सरकार को नेतृत्वमा रहेर जनताको पक्षमा गरेका काम को कारण आएको पार्टी प्रतिको सकारात्मक लहर ऐतिहासिक र प्रेरणादायी भएको बताए। उनले विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरे।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, व्यवसायी, राजनीतिक कार्यकर्ता, र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!