१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

काठमाडौँ जिल्ला भित्र सञ्चालित होटल तथा रेष्टुरेन्टहरुले अब राति ११ बजेसम्म खोल्न पाउने

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ ०८, २०८२

काठमाडौं । होटल व्यवसायीको निरन्तरको माग र छलफलपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस्तो निर्णय गरेको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले होटेल व्यवसायीहरूको आग्रहलाई सहजता होस् भनेर ११ बजेसम्म संचालन गर्ने अनुमति दिएको बताउनु भयो।

होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालका अनुसार लामो समयदेखि होटल व्यवसायीहरू प्रहरीले राति १० बज्न नपाउँदै सिटी फुकी होटल बन्द गराउने समस्याबाट पिरोलिइरहेका थिए। यसले व्यवसाय नै धराशायी अवस्थामा पुग्ने खतरा बढेको भन्दै संघले निरन्तर पहल गर्दै आएको थियो।

अध्यक्ष बरालले भने, “हामीले होटललाई रातभर सञ्चालन गर्न दिने व्यवस्था मिलाउन आग्रह गरेका थियौँ। त्यो सम्भव नभए कम्तिमा राति १२ बजेसम्म खोल्न दिन अनुरोध गरेका थियौँ। तर प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीज्यूले तत्कालका लागि राति ११ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गर्नुभयो, जुन हाम्रो लागि तत्काललाई ठूलो राहत हो।”

संघका अन्य पदाधिकारीहरूका अनुसार पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको होटल क्षेत्रलाई केही सहज बनाउन प्रशासनको निर्णयले सकारात्मक सन्देश दिएको छ। “देशको आर्थिक पुनरुत्थानमा होटल व्यवसायले योगदान दिन सक्नुपर्छ भने त्यसका लागि सेवा समय लचिलो हुनु आवश्यक छ,” संघले विज्ञप्तिमार्फत जनाएको छ।

व्यवसायीहरूका अनुसार राति ११ बजेसम्मको अनुमति पर्यटक र स्थानीय ग्राहक दुबैलाई सहज बनाउने छ, जसले ग्राहक सन्तुष्टि बढाउनुका साथै व्यवसायमा आर्थिक स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।

संघले आगामी दिनमा पनि व्यवसायमैत्री नीति र सहजीकरणका लागि प्रशासनलगायतका निकायसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

error: Content is protected !!