२० बैशाख २०८३, आइतबार
03-05-2026 , Sun
×

पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले हृदयेन्द्रलाई राजामा समर्थन गर्ने समाचार भ्रमपूर्ण: कांग्रेसको खण्डन

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, जेठ ०८, २०८२

 

काठमाडौँ । सभापति शेरबहादुर देउवाले राजसंस्था पक्षधरको आन्दोलनलाई समर्थन गरेको भन्ने समाचारको नेपाली कांग्रेसले खण्डन गरेको छ।

कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवालाई जोडेर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा समर्थन रहने भनेर प्रकाशित भएका समाचार भ्रमपूर्ण भएको जनाएको हो। सभापति देउवा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको कांग्रेसले प्रष्टीकरण दिएको छ।

सामाजिक सञ्जालमा पछ्याउनुहोस्

‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो। उहाँले कहिँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो। जोसुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,’ कांग्रेसले भनेको छ।

साथै उक्त समाचारमा विश्वास नगर्न कांग्रेसले सर्वसाधारणलाई आग्रह गरेको हो। देश-संचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* – *मिति*: २०८३ साल वैशाख २० गते जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. १३ र १५ – *बरामद सामान*: 1. भारतबाट अवैध रुपमा ल्याइएका १५०० वटा माछाका भुरा 2. ६० वटा बोइलर कुखुरा – *कारबाही*: नियन्त्रणमा लिइएका माछाका भुरा र कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, […]

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

error: Content is protected !!