२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित भावुक भएर अहिले दिनहरू घर,र बिरामी श्रीमतीको सेवामा

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

काठमाडौं । कुनै समय निकै चर्चा कमाएका एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित गएको डेढ वर्षदेखि गुमनाम छन्।उनी बेलाबेला सामाजिक सञ्जालमा फोटा भने सार्वजनिक गरिरहन्छन्, भावुक भएर।पण्डितका दिनहरू अहिले घर, परिवार र श्रीमतीको सेवामा बितिरहेका छन्। श्रीमती बिमलालाई करिब २ वर्षदेखि बिरामी छन्। उनलाई मायसाइटिस भन्ने रोग लागेको छ। यसले मांसपेसीलाई कमजोर बनाउँछ। मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, च्यापेको बेलामा भर्खर जन्मेको बच्चाजस्तै लल्याकलुलुक हुने समस्या देखिन्छन्। ‘रोगले बढी च्यापेका बेला अस्पताल पुर्‍याउने र अरू समयमा घरलाई नै अस्पतालको रूपमा प्रयोग गर्नुपर्छ,’ बानी परिसकेको छ अहिले। अस्पतालबाट उनले सामाजिक संजालमा लेख्छन्, ‘जीवन संघर्ष हो प्रिय, अहिले हामी पीडामा छौं, तर सधैं यस्तै रहने छैन। चाँडै सबै ठिक होस् भन्ने कामना छ। सबै शुभेच्छुकप्रति हामी कृतज्ञ छौं।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!