२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्ज ट्राफिक प्रहरीले अब्यवस्थित पार्किंग समस्यालाई व्यवस्थित गर्न १० ठाँउमा ट्राफिक बोर्ड संकेत राख्यो

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

बाँके । नेपालगन्ज उपमहानगरपलिका वडा नम्बर २ को सहयोगमा नेपालगन्जको विभिन्न स्थानमा १० थान नो पार्किंग अंकित बोर्ड राखिएको नेपालगन्ज ट्राफिक कार्यालयका प्रमुख वरिष्ठ सई नन्द पोख्रेलले बताउनु भएको छ।

नेपालगन्जमा मानिसको सबैभन्दा बढी चाप हुने धम्बोझीस्थित बागेश्वरी गेट देखि त्रिभुवन चोकसम्म ७ थान र धम्बोझी चोक देखि सेतु बिक चोक सम्म ३ थान गरी १० स्थानमा नो पार्किंग अंकित बोर्ड लगाइएको वरिष्ठ सई पोख्रेलले जानकारी गराउनु भयो ।

नेपालगन्जको अव्यवस्थित पार्किंग व्यवस्थित गर्न स्थानीय व्यापारिसँगको सहकार्यमा हप्ताको ३-३ दिन गरी वन साइड पार्किंग व्यवस्थापन गर्न लागिएको पोख्रेल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ”अव्यवस्थित रुपमा पार्किङ गर्नेलाई पहिलो पटक सम्झाइन्छ,तर अटेरी गरेमा नियम अनुसार कारबाही गरिन्छ ।”

जथाभावी गरिने पार्किंग व्यबस्थित गर्ने ट्राफिकको यो कदमले ग्राहकलाई पार्किंग गर्न सजिलो हुने हुँदा यसलाई निरन्तरता दिनुपर्ने घरबारिटोलका कपडा व्यापारी भानु गौतमको भनाई छ । बेला बेलामा बोर्ड हराउने, चोरी हुने समस्याले पार्किंग अव्यवस्थित हुने गर्छ, बोर्ड चोरी गर्नेको पहिचान गरी कारबाही गरे चोरी हुने समस्या कम हुने व्यापारीहरु बताउँछन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!