१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

अपाङ्गमैत्री संरचना निर्माण सम्बन्धी अन्तरक्रिया रोल्पाको लिबाङमा सम्पन्न

Logo
बिरेन्द्र गिरी प्रकाशित शनिबार, जेठ १०, २०८२

 

रोल्पा । लिबाङ अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र अधिकार सुनिश्चित गर्न अपाङ्गमैत्री संरचना निर्माणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ।

रोल्पा नेत्रहीन संघको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय, प्युठानको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष धना घर्ती मगरको अध्यक्षतामा सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका उपमेयर गीता आचार्य रहनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वमेयर पूर्ण केसी ‘करेन्ट’ रहनुभएको थियो।

कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय अपाङ्ग महासंघ, लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा केन्द्रीय प्रतिनिधि जुमान सिंह केसीले गर्नुभएको थियो। उहाँले अपाङ्गमैत्री संरचना निर्माणका कानुनी व्यवस्था, स्थानीय तहको भूमिका र कार्यान्वयनका उपायहरूबारे प्रस्ट पार्नुभएको थियो। साथै, अपाङ्गमैत्री सोच र दृष्टिकोण विकास गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो।

उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशवराज आचार्य, रेडियो जलजलाका कार्यक्रम प्रमुख वीरेन्द्र गिरी, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य पूर्ण केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै उपमेयर गीता आचार्यले, “रोल्पा नगरपालिकाको भवन पूर्णरूपमा अपाङ्गमैत्री भएको छ, तर अन्य संरचनाहरूमा अझै सुधार आवश्यक छ। आगामी दिनमा सम्पूर्ण संरचना अपाङ्गमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्दछु,” भन्नुभयो।

कार्यक्रम सञ्चालन रोल्पा नेत्रहीन संघका सचिव शिशिर डागीले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!