काङ्ग्रेस गृहमन्त्रीहरु बारम्बार किन बिबादमा आउँछन् त ??? राजेन्द्र बाबू रेग्मी
काठमाडौं । १- सम्रग रुपमा काङ्ग्रेसको गृहमन्त्री साझा ब्यक्तिको रुपमा स्थापीत हुन सकेन ।
२-काङ्ग्रेसको रोजाइमा प्रजातान्त्रिक चरित्रको क्याडर बेस गृह सचिव मन्त्रालयमा प्रबेश हुन सकेन ।आएपनि मन्त्री र सचिव बिच मल्ल युद्ध हुने।
३-बिचोैलिया र दलाल प्रबृत्तिका कर्मचारीहरुले निष्ठावान चरित्रका कर्मचारीलाई मन्त्री सगँ सम्पर्क बिच्छेद गराएका छन।
४- अन्य राजनैतिक दलहरुको दिर्घकालीन रणनिति बूझ्न नसक्नु एबम तहगत रुपमा एकीकृत सुचना प्रणालीको बिकाश गर्नै नसक्नु।समयको प्रबाहलाई बुझ्न नसक्नु
५-गलत, अब्यबसायिक ,आर्थिक रुपले कमजोर भएका कर्मचारीहरु गृहमन्त्रीको पहिलो रोजाइ ।
६-गृहमन्त्री सधै गुट उपगूटमा रमाउने।
७- गृहमन्त्री भएपछि आफुलाई माथिल्लो दर्जाको नागरिक सम्झने र आफ्नो वास्तविक धरातललाई बिर्सेर अगाडि बढने।
८- निमुखा कार्यकर्ता र निष्ठावान कार्यकताहरुको अनुरोध शैली भन्दा आफ्ना धर्मपत्नीको आदेशहरु नै कर्ण प्रिय लाग्ने।
९-प्रहरी देखि अन्य निकायहरुको सरुवा बढुवामा अर्थलाभको आधारमा फरक धारका ब्यक्तिहरु गृहमन्त्रीको रोजाइमा पर्नु।
१०-संस्था र संगठनमा सधै सिन्डिकेटमा रमाएकाहरु सँग गृहमन्त्रीका सचिबालयका कर्मचारीहरुको दरिलो सम्बन्ध रहनु।
११- आफू सर्मथित प्रजातान्त्रिक चरित्रका कर्मचारीलाई पटकपटक प्रहार हुदाँ सम्म एक शब्द बोल्न नसक्ने
१२- गृहमन्त्री भएकै भोलिपल्ट देखि नै आफूभन्दा जेष्ठ एबम सिनियरहरुलाई समेत सम्मान नर्गैने र उल्टै उनीहरूको बिरुद्धमा लाग्ने।
नेपाल प्रहरीका पुर्व प्रहरी उपरीक्षक एसपी राजेन्द्र बाबु रेग्मी