१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

चेकजाँचको क्रममा १५ लाखको सुन चाँदीको गरगहनासहित भारतीय नम्बरको स्कर्पियो पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ १२, २०८२

सर्लाही । बीआर ३० एके ७२२० नम्बरको स्कर्पियो गाडीमा विभिन्न किसिमका गहना बरामद भएको सर्लाही प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

बरामद सरसामान सहित स्कर्पियो गाडी आवश्यक कारबाहीको लागि आईतवार साँझ सर्लाही भन्सार कार्यालय,  मलंगवामा पठाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।

गत ७ गते बिहान साढे ९ बजे  लालबन्दी नगरपालिका-१  स्थित पूर्व-पश्चिम लोकमार्गमा ट्राफिक प्रहरीको टोलीले चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त स्कर्पियो गाडी नियन्त्रणमा लिएको थियो। चेकजाँच गर्दा साथमा भन्सार कागजात नभएको तथा चालकले मदिरा सेवन गरेको फेला पारेको थियो।

मदिरा सेवन नगरेको अर्को चालक बोलाउनुस् र ट्राफिक नियमानुसार जरिवाना काटी जानुहोला भनेर जानकारी गराउँदा उनीहरूले आवश्यक कागजातहरू मगाई अर्को चालक समेत लिई आउने भनी चालकसहित चार जना पुरुष व्यक्तिहरू गाडी छाडी गएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताएका छन्।

धेरै समयसम्म पनि नआए पश्चात् शङ्का लागी सवारी नियन्त्रणमा लिई घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट मुचुल्का सहितको टोली गएर जनप्रतिनिधिहरूको रोहवरमा खानतलासी गर्दा गाडीको अगाडी इन्जिनको भागबाट प्लास्टिकले बेरेको जेब्रा झोला भित्र गम्छाले बेरेको गरगहना र गाडी भित्रको भागबाट समेत चाँदी र नगद गरी करिब १५ लाखको सरसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

बीआर ३० एके ७२२० नम्बरको स्कर्पियो गाडीमा विभिन्न किसिमका गहना बरामद भएको सर्लाही प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

बरामद सरसामान सहित स्कर्पियो गाडी आवश्यक कारबाहीको लागि आईतवार साँझ सर्लाही भन्सार कार्यालय,  मलंगवामा पठाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।

गत ७ गते बिहान साढे ९ बजे  लालबन्दी नगरपालिका-१  स्थित पूर्व-पश्चिम लोकमार्गमा ट्राफिक प्रहरीको टोलीले चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त स्कर्पियो गाडी नियन्त्रणमा लिएको थियो। चेकजाँच गर्दा साथमा भन्सार कागजात नभएको तथा चालकले मदिरा सेवन गरेको फेला पारेको थियो।

मदिरा सेवन नगरेको अर्को चालक बोलाउनुस् र ट्राफिक नियमानुसार जरिवाना काटी जानुहोला भनेर जानकारी गराउँदा उनीहरूले आवश्यक कागजातहरू मगाई अर्को चालक समेत लिई आउने भनी चालकसहित चार जना पुरुष व्यक्तिहरू गाडी छाडी गएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताएका छन्।

धेरै समयसम्म पनि नआए पश्चात् शङ्का लागी सवारी नियन्त्रणमा लिई घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट मुचुल्का सहितको टोली गएर जनप्रतिनिधिहरूको रोहवरमा खानतलासी गर्दा गाडीको अगाडी इन्जिनको भागबाट प्लास्टिकले बेरेको जेब्रा झोला भित्र गम्छाले बेरेको गरगहना र गाडी भित्रको भागबाट समेत चाँदी र नगद गरी करिब १५ लाखको सरसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!