२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य तालिम दिन वैदेशिक रोजगार विभागको निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ १२, २०८२

 

काठमाडौं । तालिम नदिएको गुनासो आइरहेको भन्दै विभागले एक सूचना जारी गर्दै त्यस्तो नगरेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम दर्ता भएका संस्थाहरूले मापदण्ड पूरा नगरी तालिम सञ्चालन गरिरहेको गुनासो आएको विभागले जनाएको छ ।

जसले गर्दा वैदेशिक रोजगारीमा जाने कामदारहरू पर्याप्त मात्रामा सुसूचित हुन नसकेकोले सुरक्षित र मर्यादित रूपमा वैदेशिक रोजगारीको व्यवस्थापन नभएको गुनासो आउने गरेको विभागले जनाएको छ ।

त्यस्ता संस्थाहरूले वैदेशिक रोजगारमा जाने कामदारको लागि अभिमुखीकरण तालिम सञ्चालन गर्दा सबै प्रशिक्षार्थीहरू सबै सेसनमा अनिवार्य रूपमा उपस्थित भए/नभएको, तालिमको लागि आवश्यक पर्ने न्यूनतम भौतिक एवं अन्य स्रोतसाधन भए/नभएको सम्बन्धमा विभागले अनुगमन गर्ने जनाएको छ ।

नियमित एवं आकस्मिक रूपमा अनुगमन हुने र सो क्रममा मापदण्ड पूरा नभएको पाइएमा कार्यविधि बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । अनुगमन गर्दा कार्यविधिको दफा २० बमोजिम अनुसूची–११ को चेक लिष्ट प्रयोग हुने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]