पाल्पा । रामपुर जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी, सहायक प्रमुख जिल्ला अधिकारी भक्ती सरा राना, जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख प्र.उ.पवन कुमार भट्टराई राअबि उप निर्देशक बिरेन्द्र सिह कार्की, सशस्त्र प्रहरी गुल्म पाल्पा प्रमुख स.प्र.ना.उ. श्याम संगती महर्जन,

सहितको टोलीले इलाका प्रहरी कार्यालय रामपुर पाल्पाको सम्पुर्ण शाखाहरु,हिरासत कक्ष,ब्यारेक समेत निरीक्षण गर्नु भई यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको ईलाका प्रहरी कार्यालय पाल्पा रामपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर परियारले जानकारी दिनुभएको छ ।