१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ १३, २०८२

मेष -बोलिको प्रभावले कार्य सिद्धि हुनेछ।
कलात्मक क्षेत्रमा प्रगति देखिन्छ।बृहस्पति र केतुको प्रभवले पराक्रममा कमि हुन सक्ला ।
सञ्चित धनमा वृद्धि कठिन हुन सक्छ।
महत्वाकांक्षी योजनाहरूमा अवरोध आउन सक्छ।
नोकरी वा राजनीतिमा लाभदायक समय।
स्वास्थ्यमा ध्यान दिनुहोस्।

वृष -नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय।
विदेशबाट अप्रत्यासित लाभको सम्भावना।
शिक्षामा उन्नति हुनेछ।
मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ।
पुरानो लगानीबाट लाभ प्राप्त हुन सक्छ।

मिथुन -राजनीतिक वा सामाजिक परिवेशमा समस्याहरू देखिन सक्छन्।
आर्थिक पक्ष सामान्य रहनेछ।
आलस्यले कार्यक्षेत्रमा हानि पुर्‍याउन सक्छ।
वाणी र व्यवहारमा संयम आवश्यक।
वैदेशिक रोजगारका अवसरहरू मिल्नेछन्।

कर्कट -लाभ र उन्नतिका नयाँ अवसरहरू प्राप्त हुनेछन्।
कार्यक्षेत्रमा अधिकारी वर्गबाट प्रशंसा पाइनेछ।
विद्यार्थीहरूले लक्ष्यमा ध्यान केन्द्रित गर्नु आवश्यक।
नयाँ धन लगानी गर्दा परामर्श लिनु उपयुक्त।

सिंह -पारिवारिक समस्याले कार्यक्षेत्रमा दबाब बढ्न सक्छ।
इष्टमित्रहरूबाट सहायता कम प्राप्त हुन सक्छ।
नयाँ नोकरीको लागि प्रतिक्षा गर्नुपर्नेछ।
भावना वा क्रोधमा आएर निर्णय लिनु हानिकारक हुन सक्छ।

कन्या -नोकरी वा पेशामा नयाँ पदको जिम्मेवारी मिल्नेछ।
बेरोजगारहरूलाई रोजगारीको अवसर प्राप्त हुनेछ।
व्यापार व्यवसायमा इष्टमित्रहरूको साथ मिल्नेछ।
गृहणीहरूको लागि धर्मकर्ममा समय व्यतीत हुनेछ।
प्रेम सम्बन्धमा शंका उत्पन्न हुन सक्छ।

तुला -अरुको प्रभावमा आएर लगानी नगर्नुहोस्।
घरको साजसज्जा वा मरम्मतमा खर्च बढ्न सक्छ।
कार्यरत महिलाहरूलाई परिवार र कार्यक्षेत्रमा तालमेल मिलाउन गाह्रो हुन सक्छ।
धार्मिक र साहित्यिक लेखनमा सफलता मिल्नेछ।
जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्।

वृश्चिक -कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग प्राप्त हुनेछ।
मातापिता र परिवारसँग समय रमाइलो हुनेछ।
साझेदारी व्यापारबाट लाभ प्राप्त हुनेछ।
महत्वाकांक्षी योजनाहरूमा सफलता मिल्नेछ।

धनु -कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्नेछ।
पारिवारिक विषयवस्तुमा समस्या देखिन सक्छ।
सेवामूलक कार्यमा सफलता प्राप्त हुनेछ।
विद्यार्थीहरूले प्रतियोगी परीक्षामा सफलता मिल्नेछ।
विगतका निर्णयहरूले चुनौती ल्याउन सक्छन्।

मकर -सन्तानको प्रगति वा उन्नतिले मन प्रसन्न हुनेछ।
नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सहयोग लिनुहोस्।
प्रतिद्वन्दीहरूबाट प्रतिस्पर्धा बढ्न सक्छ।
कार्यक्षेत्रमा निर्णय लिनु अघि कार्य पूरा गर्नुहोस्।
युवा वर्गलाई क्यारियरमा अवसर प्राप्त हुनेछ।

कुम्भ -व्यापार व्यवसायमा अप्रत्यासित लाभको सम्भावना।
राजनीतिक परिपेक्ष बलियो बन्नेछ।
साहसिक निर्णयले सफलता मिल्नेछ।
युवा वर्गलाई क्यारियर वा नोकरीमा शुभचिन्तकहरूको साथ मिल्नेछ।
विशेष कार्यको थालनीको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्।

मीन -प्रभावशाली व्यक्तित्वसँगको भेटघाटले भविष्यमा लाभ मिल्नेछ।
कार्यक्षेत्रमा लिएका निर्णयहरूको प्रशंसा हुनेछ।
दिनचर्यामा सानो बदलावले जीवनशैलीमा ठूलो परिवर्तन ल्याउनेछ।
व्यापार व्यवसायमा प्रियजनहरूको साथ मिल्नेछ।
व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!