२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अर्घाखाँची प्रहरीद्वारा बिमा दावीमा नक्कली सवारी चालक खडा गर्ने सवारी धनी पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ १४, २०८२

 

अर्घाखाँची । पक्राउ पर्नेमा जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर १बड्डाँडाका टुक बहादुर शारु रहेका छन ।

शारुको नाममा रहेको र आफै चलाएको मधेश प्रदेश ०३—००२स००२ नम्बरको टेम्पो दुर्घटना भएर क्षति भएको र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा बिमा दावी गर्न दुर्घटना प्रमाणित कागजजातको दिएकोमा घटनाको अनुसन्धान गर्दा टोम्पो चलाउने अनुमती पत्र नभएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।
उनले पाणिनि २ पोखराथोक बस्ने चाम बहादुर रास्कोटी चालक भएको भनी कागजात पेश गरेका थिए ।पक्राउ परेका शारुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट म्याद थपी थप अनुसन्धान भैरहेको मल्लको भनाइ छ ।उनले विमा दावीको लागि जेठ ५ गते प्रमाणित कागजात गर्न प्रहरीमा निवेदन दिएका थिए ।त्यसपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]