१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

गणतन्त्र दिवसको अवसरमा जनकपुरमा आयोजित सरसफाई कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ १४, २०८२

जनकपुर । गृह,सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशको आयोजना तथा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीज्यूको प्रमुख आतिथ्यतामा मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको पेरिमिटर सरसफाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा मधेश प्रदेश सरकार गृह संचार तथा कानून मन्त्रालयका प्रदेश सचिव श्री बिमल प्रसाद बरालज्यू, मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. उमा प्रसाद चतुर्बेदीज्यू, प्र.उ. ई. ईश्वर थापा, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्र.उ. नरहरी रेग्मी, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषाका प्रमुख प्र.उ. नारायण रञ्जितकार, मधेश प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरु लगायत नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज, पर्सा (हाल जनकपुर), जिल्ला प्रहरी कार्यालय धनुषा, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषा, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा, सशस्त्र प्रहरी बल नेपाल जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू, मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका कर्मचारीहरु एवं सरसफाईकर्मीहरू समेत अन्दाजी २०० जनाको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!