२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

बर्दियाको गुलरियामा चितुवाको आक्रमणमा परी ६ वर्षिया बालिका सायरा थारुको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ १४, २०८२

बर्दिया । गुलरिया नगरपालिका–५ स्थित बालापुरमा चितुवाको आक्रमणमा परी ६ वर्षिया बालिका सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरकै शौचालय गएकी बालिकालाई चितुवाले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बालिकाको शव बर्दिया अस्पताल गुलरियामा राखिएको जानकारी दिए। पछिल्लो समय बर्दियाको गुलरियामा चितुवा आक्रमण बढ्दै गएको छ।

यसैबीच चितुवाले ४ जनाभन्दा बढी बालबालिकाको ज्यान लिइसकेको भन्दै चितुवा नियन्त्रण गर्नुपर्ने माग गर्दै बालापुरवासीले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि धर्नासहित चक्काजाम गरेका थिए।

जिल्लास्थित सुरक्षा समितिमा चितुवा समात्ने सहमति भएपछि चक्काजाम खुलेको गुलरिया नगरपालिका–५ का वडा सदस्य सोवेन्द्र बहादुर चौधरीले बताए। सहमति भएपछि धर्ना तथा चक्काजाम खोलिएको भन्दै स्थानीयहरूले आफूहरूको माग पूरा नभए फेरि आन्दोलन गर्ने चौधरीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कुनै पनि शहर केवल सडक, भवन र पुलले मात्र समृद्ध बन्दैन। समृद्ध शहर निर्माणका लागि स्पष्ट दीर्घकालीन सोच, उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारीका अवसर, वातावरणीय संरक्षण, पारदर्शी शासन र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। यही सोचलाई केन्द्रमा राखेर अगाडि बढिरहेको ‘घोराही बनाऔँ अभियान’ ले समृद्धि, विकास र सुशासनलाई साझा अभियानका रूपमा […]

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]