१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नेपालगञ्जबाट नयाँ अन्तर्राष्ट्रिय सम्भावनाको ढोका खुल्ने आशा उडानका लागि पहल जारी,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, जेठ १५, २०८२

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठन अन्तर्राष्ट्रियले संयुक्त रुपमा नेपालगञ्ज दिल्ली उडानको लागि पहल सुरुवात गरेको विषयमा बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा विभिन्न विषयमा छलफल भएकाे छ । केही दिन अगाडि भारत सरकार उडयन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगञ्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरु लगायतसँग छलफल गरेको छ। नेपालगञ्जकाे विमानस्थलमा एयरपोर्टकाे भौतिक रुपमा संरचना तयार रहेको र त्यो तयारी विषयमा लिखित रुपमा जानकारी प्राप्त भएको छ केही कुराहरू अपुग रहेको र त्यो कुरालाई पूरा गर्ने विषय नेपाल सरकार पर्यटन मन्त्रालय नेपालका प्रधानमन्त्री कार्यालय यो विषयमा ध्यानाकर्षण गराउने भएकाे छ । नेपालगञ्जको २८ जिल्लालाई केन्द्रबिन्दु भएकाे र नेपालगञ्ज मानसरोवरको प्रमुख केन्द्रबिन्दु समेत रहेको नेपालगन्ज दिल्ली उडानको आवश्यकता रहेको विभिन्न वक्ताहरूले बताएका छन्। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टंकप्रसाद धामीले अब नेपालगन्जमा दिल्ली उडानले भारत सरकारले सहयोग गरेमा नेपालगञ्जबाट दिल्लीको उडानको सम्भावना प्रबल रहेको बताएका छन्। यो सम्भावना भएमा नेपालगञ्जको मानसरोवरको रूट अनि भारतीय नागरिकलाई अप्ठ्यारो नहुने र यो हामीले अवसर हुने अतिथिको लागि हामी तयार रहेको बताए छन् । लामो समयदेखि यो विषयमा छलफल हुँदै आएको नेपालगंज दिल्ली उडानको लागि नेपालको परराष्ट्र मन्त्रालय लगायतको ठाउँमा कूटनीतिक रुपमा छलफल भइरहेको र अहिले भारत सरकारलाई ज्ञापनपत्र पठाएकोमा नेपालगंजका जनता आशावादी भारत सरकारले सहयोग सरकारले सहयोग गर्दिएमा यो कुराको लागि नेपालगञ्ज नेपालका तीनवटा प्रदेशले धन्यवाद दिने अवस्था आउने छ। बुधबार नेपालगन्ज उद्योग वाणिज्य सङ्घको बैठकमा भारत मैत्री संगठन अन्तर्राष्ट्रिय सदस्य आशिष कुमार गुप्ताले भने कि नेपालगञ्ज दिल्ली उडानले भारत सरकारको रोटीबेटीसम्म अझै विस्तार हुने र व्यापारिक नाताहरू विस्तार हुने म देखेको छु यो अवसर भारत सरकारले सकारात्मक सन्देश प्रवाह गरेमा अझै नेपाल भारतको सम्बन्धमा यो उडानले धेरै समस्याहरूको समाधान गर्ने छ। बैठकमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वाध्यक्ष नन्दलाल वैश्य, नाटा बाँकेका अध्यक्ष श्रीराम सिद्धिल, खजुर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि.का, नेपालगञ्ज उपमहानगरपालिकाका प्रतिनिधि बसन्त कुमार कनौजिया, नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाट, नेपालगञ्ज होटल व्यवसाय सङ्घको अध्यक्ष, लगायतको व्यक्तिहरूको उपस्थिति थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!