१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

उपत्यकामा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रहरीले उपत्यकामा ३८ सय सुरक्षाकर्मीहरु परिचालित,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ १५, २०८२

 

काठमाडौं । गणतन्त्र दिवस, मूल समारोह समितिको कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च, टुँडिखेलमा पुगे लगत्तै उक्त संख्याको प्रहरी जनशक्ति तोकिएका स्थानमा तैनाथ भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरी जनशक्ति नपुग भएपछि मकवानपुरस्थित विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको कमान्डमा थप टोली काठमाडौं उपत्यकामा परिचालित छ ।

त्यसबाहेक उपत्यकामा रहेका १ नम्बर, २ नम्बर, दंगा र पहरा गण, विभिन्न गुल्म, हेडक्वार्टरसहितका टोली सडकमा परिचालित भएका छन् । प्रहरी तैनाथीको कूल संख्या ३८ सय पुगेको प्रहरी स्रोतले जनायो ।

उच्च निगरानीमा राजावादीहरु

प्रहरी परिचालनको नीतिअनुसार ललितपुर र भक्तपुर जिल्लाका प्रहरी युनिटका हकमा सोही जिल्लाबाट काठमाडौंतर्फ जाने प्रदर्शनकारीको व्यवस्थापन जिम्मेवारी दिइएको छ ।

राजावादी समर्थक प्रदर्शनकारीलाई दिउँसो २ बजे अगाडि जहाँको त्यहीँ रोकिने र त्यसपछि रत्नपार्कस्थित शान्तिबाटीका प्रवेश गर्न दिइने भएको छ । तर, त्यसक्रममा निषेधित क्षेत्रमा प्रदर्शन गर्न नदिइने भएको छ । निषेधित क्षेत्र घोषणा नगरिए पनि गौशालाबाट सिनामंगल, तीनकुने क्षेत्रमा भिड जम्मा हुन नदिने सुरक्षा नीति छ ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार लुभु, लामाटारबाट राप्रपा कार्यकर्ता भक्तपुर हुँदै कोटेश्वरमा जम्मा हुने तयारीमा छन् । दक्षिणी ललितपुरका विभिन्न स्थानबाट चापागाउँ हुँदै जावलाखेलमा जम्मा हुने उनीहरूको योजना प्राप्त भएका कारण सोहीअनुसार प्रहरी परिचालित भएका छन् ।

भक्तपुरबाट पनि कोटेश्वर हुँदै उनीहरू काठमाडौं प्रवेश गर्ने कारण उनीहरूलाई २ बजेसम्म मनोहरा पुलमै रोकिने भएको छ ।

एमाले प्रदर्शनकारी भने विभिन्न स्थानबाट बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरतिर जम्मा हुन थालिसकेका छन् । उनीहरूलाई पनि निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने गरी प्रहरी टोली परिचालित छ ।

राजावादी समर्थकका प्रदर्शनकारीलाई सामान्यतया २ बजेभन्दा अगाडि चक्रपथ सडकबाट अगाडि बढ्न नदिइने, यदि चक्रपथभित्रका विभिन्न स्थानमा उनी जम्मा भएमा २ बजेसम्मका लागि जहाँको त्यहीँ रोकिने गरी प्रहरी परिचालित भएको छ ।

प्रहरी उपकरण तयारी अवस्थामा

प्रहरीले आफूसँग रहेको वाटर क्यानन, अश्रु ग्यास तथा गोलीगठ्ठाहरु तयारी हालतमा राखेको छ । आजको सुरक्षा व्यवस्थाअनुसार सम्पूर्ण प्रहरी परिचालनको नेतृत्व गर्न काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारी तोकिएका छन् ।

विमानस्थलमा थप टोली

चैत १५ मा भएको राजावादी समूहको अराजकतापूर्ण प्रदर्शनका क्रममा देखिएका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै आज विमानस्थल सुरक्षाका निम्ति नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी संयुक्त रूपमा परिचालित भएका छन् ।

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले विमानस्थल प्रवेश गर्ने मूलद्वार (गोल्डेनगेट), आयल निगम डिपो र कोटेश्वरस्थित अवतरण विन्दुलाई उच्च सतर्कतामा राखिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!