१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनको जिम्मेवारी एसएसपी नवराज अधिकारीको काँधमा

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ १७, २०८२

काठमाडौं । गृह मन्त्रालयको ताजा निर्णयअनुसार उनलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको हो।

प्रहरी सेवामा लामो अनुभव हासिल गरेका एसएसपी अधिकारी एक कुशल, अनुशासित र निडर अधिकृतको रूपमा परिचित छन्। नेपाल प्रहरीको संगठनभित्र उनी नेतृत्वदक्षता, निर्णायक सोच र व्यावसायिक कार्यशैलीका लागि चर्चित छन्।

ट्राफिक व्यवस्थापनमा नयाँ सोचको अपेक्षा—

उपत्यकाको ट्राफिक समस्या राजधानीवासीको दैनिकीसँग प्रत्यक्ष जोडिएको विषय हो। सवारी चाप, पार्किङको अभाव, नियम उल्लंघन र निर्माणधीन सडकजस्ता समस्या व्यवस्थापन गर्नु चुनौतीपूर्ण काम हो। अबको नेतृत्वमा आएका अधिकारीले यसलाई व्यवस्थित, आधुनिक र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

एसएसपी अधिकारीको अबधारणा र ट्र्याक रेकर्ड

एसएसपी नवराज अधिकारीले अघिल्ला जिम्मेवारीहरूमा रहेर जनमैत्री प्रहरी कार्यशैलीलाई प्राथमिकता दिएका थिए। चाहे अपराध नियन्त्रण होस् वा शान्ति सुरक्षाको सवाल, उनले सधैँ नतिजामूलक नेतृत्व प्रदान गर्दै आएका छन्। संगठनभित्र उनको निर्णय क्षमताको प्रशंसा हुने गरेको छ भने आम जनताबीच उनी जिम्मेवार प्रहरीको छविमा स्थापित छन्।

नयाँ प्रमुखप्रति जनअपेक्षा र प्रहरी संगठनको विश्वास

एसएसपी अधिकारीको नेतृत्वमा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अझ चुस्त, पारदर्शी र प्रभावकारी हुने आम विश्वास छ। ट्राफिक व्यवस्थापनलाई केवल कानूनको कार्यान्वयन नभई, सेवा र समन्वयको रूपमा अगाडि बढाउने दिशा उनले लिने अपेक्षा गरिएको छ।

उपत्यका ट्राफिकको बागडोर सम्हाल्दै गरेका एसएसपी अधिकारीले कस्तो रणनीति अवलम्बन गर्छन् र आगामी दिनमा राजधानीको ट्राफिक अनुशासन कत्तिको सुधार हुन्छ भन्ने सबैको चासो र निगरानीको विषय हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!