१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गराउनु प्रहरीको जिम्मेवारी हो :डिएसपी मल्ल,

Logo
सागर रोका प्रकाशित शनिबार, जेठ १७, २०८२

सन्धिखर्क । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायक उपरीक्षक डिएसपी चक्रबहादुर मल्लले अर्घाखाँची क्षेत्रमा विशेष गरेर सवारी साधन भरिमा रातो नम्बर भएका गाडीहरूलाई कडा रुपमा चेकजाँच गरिने बताएका छन । केहि महिना अगाडी मात्रै अर्घाखाँची जिल्लाको प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएका डिएसपी मल्लले अर्घाखाँचीका यातायात व्यवसायी र उद्योगीहरुसँग शान्तिसुरक्षाको लागी आफुलाई सहयोग गर्ने मल्लले बताएका हुन ।

अर्घाखाँची क्षेत्रमा टिप्परहरुले अत्याधिक तिब्र गतीमा कुदाउने गरेको भन्दै अर्घाखाँची प्रहरी प्रमुख डिएसपी चक्रबहादुर मल्लले समय अनुसार आउजाउ गर्नको लागी समय कार्ड लागु गरिएको र क्षमताभन्दा धेरै सामान लोड वा शीत क्षमता भन्दा धेरै देखियो भने ठाउँको ठाउँ कारवाही गरिने प्रहरी प्रमुख डिएसपी मल्लले जानकारी दिनु भएको छ ।

गत असोज महिनादेखि अर्घाखाँची जिल्ला प्रहरी प्रमुखका अनुसार आठ महिनाको अबधिमा नदिजन्य पशु चौपाय बाट लाखौं राजोसो रकम संकल्न गर्न सफल भएको मल्लले बताएका हुन ।

सवारी दुर्घटना न्युनिकरणका लागी अर्घाखाँची सबैले हातेमालो गर्न आवश्यक रहेको समेत उनले बताएका हुन । ट्राफिक प्रहरीको सक्रियताले मात्रै सवारी दुर्घटना न्युनिकरण गर्न असम्भव रहेको भन्दै उनले सबै सरोकारवालाहरुले यसमा सहयोग गर्नु पर्ने बताएका हुन ।

त्यस्तै गरेर अर्घाखाँची जिल्लाको ट्राफिक व्यवस्थापनको अवस्था बुझ्ने काम भइरहको र सवारीसाधन दुर्घटना हुनबाट बचाउका लागी हरेक ठाउँ-ठाउँमा जेब्राक्रसिङ चिनाउ चिन्ह निर्माण गरिने प्रहरी प्रमुख डिएसपी मल्लले जानकारी दिनु भएको हो।

त्यस्तै गरेर अर्घाखाँची लगाएत समग्र रुपमा ट्राफिक व्यवस्थापनमा आफु गम्भिर भएर लाग्ने बताएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!