१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

आइतबार तपाईंको राशिफल

Logo
ABC-Sanchar प्रकाशित आइतबार, जेठ १८, २०८२

मेष-अध्ययन, लेखन वा अनुसन्धानमा रुचि बढ्नेछ। पारिवारिक साथ र आत्मीयताको अनुभव हुनेछ। योजना अनुसार काम गर्दा राम्रो फल पाइनेछ। सन्तानसँगको सम्बन्ध मजबुत बन्दै जानेछ।
शुभ रङ: रातो
शुभ अंक: ५

वृष-व्यापार, व्यवसाय वा सेवामूलक क्षेत्रमा लाभ मिल्नेछ। बोलीको माधुर्यले अरूको मन जित्न सकिनेछ। नयाँ साथी वा सम्बन्ध बन्ने सम्भावना छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।
शुभ रङ: सेतो
शुभ अंक: ६

मिथुन-पुराना कामहरूमा सुधार आउनेछ। छोटो यात्राको योग देखिन्छ। आफन्त वा साथीभाइसँग मतभेद भए पनि अन्ततः सुल्झिनेछ। काममा केन्द्रित रहनु आवश्यक छ।
शुभ रङ: हरियो
शुभ अंक: ३

कर्कट-आज योजना बनाउने र दीर्घकालीन सोच बनाउने दिन हो। धार्मिक वा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने अवसर मिल्नेछ। आत्मबल र मनोबल दुवै बढ्नेछन्।
शुभ रङ: पहेँलो
शुभ अंक: २

सिंह-धेरै समयदेखि सोचिरहेको काम अघि बढाउने अवसर मिल्नेछ। आर्थिक लाभको संकेत छ। आत्मविश्वास बलियो रहनेछ। मान-सम्मानमा वृद्धि हुने दिन हो।
शुभ रङ: सुनौलो
शुभ अंक: १

कन्या-नयाँ काम सुरु गर्न अनुकूल समय हो। घरमा सुखद वातावरण बन्नेछ। सानातिना कामहरूमा सफलता मिल्नेछ। प्रेम वा विवाह सम्बन्धि कुराकानी अघि बढ्न सक्छ।
शुभ रङ: गुलाबी
शुभ अंक: ७

तुला-स्वास्थ्यप्रति सचेत रहनु पर्ने दिन हो। भावनामा बहकिनु हुँदैन। आजको दिन ध्यान, शान्ति र संयम आवश्यक छ। सानो लाभले मन रमाउनेछ।
शुभ रङ: निलो
शुभ अंक: ४

वृश्चिक-धन, मान र सहयोग तीनवटै पक्षबाट लाभ मिल्ने दिन हो। बोलीको प्रभाव बढ्नेछ। नयाँ अवसरहरू देखा पर्नेछन्। प्रेम र मित्रता गाढा बन्ने सम्भावना छ।
शुभ रङ: बैजनी
शुभ अंक: ८

धनु-काममा सफलता मिल्ने दिन हो। बौद्धिक कामहरूमा मन जानेछ। यात्राको सम्भावना देखिन्छ। शुभ समाचार सुन्ने सम्भावना छ।
शुभ रङ: सुन्तला
शुभ अंक: ९

मकर-पारिवारिक सहयोगले आत्मबल बढ्नेछ। सरकारी वा कानुनी काममा सफलता मिल्ने संकेत छ। सानोतिनो झमेला भए पनि समाधानतर्फ जानेछ।
शुभ रङ: खरानी
शुभ अंक: १०

कुम्भ-साझेदारीको काममा सफलता मिल्नेछ। सञ्चार वा मिडिया सम्बन्धी काममा लाभ हुने समय हो। साथीभाइसँग भेटघाटको सम्भावना छ।
शुभ रङ: आकाशे
शुभ अंक: ११

मीन-मनमा सकारात्मक ऊर्जा छाउनेछ। इच्छाअनुसार कामहरू बन्ने सम्भावना छ। दाम्पत्य सम्बन्धमा मिठास बढ्नेछ। नयाँ प्रस्तावहरू प्राप्त हुन सक्छन्।
शुभ रङ: बैजनी निलो
शुभ अंक: ६

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!