२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय रुपन्देहीबाट पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ १८, २०८२

 

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले २५० करोड बढी रकम हिनामिना गरी फरार रहेका ६५ वर्षीय रायलाई शनिबार रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट नियन्त्रणमा लिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्का अनुसार बैंकमा संकलन भएको बचतकर्ताहरूको २५० करोड भन्दा बढी रकम हिनामिना गरी उनी फरार थिए।

उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]