१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

रेलमाथि पुल भत्किँदा ७ जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ १८, २०८२

रेलमाथि पुल भत्किँदा ७ जनाको मृत्यु

काठमाडौं । रुसमा युक्रेनी सीमा नजिकै राजमार्गको पुल भत्किँदा रेलमा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ।

दुर्घटना ब्रायन्स्क भन्ने क्षेत्रमा भएको हो।

दुर्घटनामा कम्तीमा ३२ जना घाइते भएका छन्।रुसको आपत्कालीन मन्त्रालयले उद्धारकर्मीहरूले अझै पनि रेलभित्र फसेका मानिसको खोज्ने प्रयास गरिरहेको बताएको छ। एजेन्सी

रूसी रेलवेले टेलिग्राममा एक विज्ञप्तिमा यातायात प्रणालीमा अवैध हस्तक्षेपका कारण पुल भत्किएको आरोप लगाएको छ।

स्थानीय गभर्नरले एक बच्चासहित दुई जना गम्भीर घाइते भएको र सबै घाइतेलाई अस्पताल पठाइएको बताए।

मस्कोको अन्तर–क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ।

अधिकारीहरूले दुर्घटनाको समयमा रेल गुज्रिरहेको र पुल भत्किँदा यसको इन्जिन र केही कोच पटरीबाट खसेको बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!