२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

धनगढीस्थित त्रिनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान लागूऔषध प्रयोग गर्दैगर्दा पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ १९, २०८२

धनगढी । प्रहरीले भने उक्त घटनालाई गोप्य राखेको खुलेको छ। त्रिनगर चौकीमा कार्यरत प्रहरी जवान अम्मर साउद केही दिन अघि लागूऔषध सेवन गर्दैगर्दा समातिएका हुन्। स्रोतका अनुसार उनलाई पक्राउ गरी हाल हिरासतमा राखिएको छ। तर, जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे आधिकारिक जानकारी दिन मानेको छैन।

प्रहरी संगठन आफैं लागूऔषधविरुद्ध अभियान चलाइरहेका बेला प्रहरीकै एक सदस्य लागूपदार्थ प्रयोगकर्ताका रूपमा समातिनु संस्था र समुदायका लागि गम्भीर प्रश्न बनेको छ।

यस अगाडि पनि कैलालीमा प्रहरी नै लागूऔषध कारोबार तथा सेवनमा जोडिदै आएका घटना सार्वजनिक भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]