काठमाडौं । भारत थाइल्यान्डबाट फर्किरहेका ती पुरुषको झोलामा ४७ वटा भाइपर प्रजातिका विषालु सर्प पनि थिए ।
आइतबार विमानस्थलमा लगेज चेक गर्ने क्रममा अधिकारीहरूले चेक–इन भइसकेका लगेजमा ती जन्तु फेला पारेका थिए । वन्यजन्तु संरक्षण कानुन अन्तर्गत भारतमा सरी सर्पहरू जफत गरिन्छ । यात्रीको नाम खुलाइएको छैन ।
हाल उनी हिरासतमा छन् । आफूलाई पक्राउ गरिएको मामिलामा उनले कुनै प्रतिक्रिया दिन नमानेको भन्दै बीबीसीले समाचार छापेको छ । भन्सारका अधिकारीहरूले माइक्रोब्लगिङ वेबसाइट एक्समा सेयर गरेको तस्बिरमा एउटा भाँडोमा घिस्रिरहेको रंगीबिरंगी सर्पहरू देखिन्छ ।
भारतमा बाहिरबाट जीवजन्तु ल्याउनु गैरकानुनी छैन । तर भारतको वन्यजन्तु संरक्षण कानुनले निश्चित खालको प्रजातिलाई ल्याउन निषेध गरेको छ । यसमा सरकारले सङ्कटापन्न भनेको वा संरक्षण गर्नुपर्ने सूचीमा राखेका वन्यजन्तु पनि पर्दछन् । यसरी वन्यजन्तु ल्याउनु अघि यात्रुले अनुमति लिनुपर्छ । एजेन्सी