१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

दाङ प्रहरीले ठुलो मात्रमा लागुऔषध गाजासहित एक महिला पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ १९, २०८२

दाङ । जिल्ला रोल्पा थवाङ गाउपालिका वडा नं. ०१ थवाङ घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १४ मिलन चोक बस्ने बर्ष ६३ की माया देवी बि.क. ले आफ्नै घरमा लागुऔषध (गाँजा/ चरेशको कारोबार गरिरहेकी छिन भन्ने सुचनाका आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निजको घर कोठा खानतलासी गर्दा निज सुत्ने कोठाको भुँईमा बोरामा प्लाष्टिकको पोका पारी राखेको गाँजा जस्तो देखिने पदार्थ जम्मा ९ के.जी. ८२० ग्राम भएको लागु औषध ( गाँजा ) र सोही कोठाको भुईमा सेतो रङको प्लाष्टिकमा चरेश जस्तो देखिने कालो पदार्थ तौल ५३ ग्राम भएको लागु औषध चरेस सहित निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको ।

घटना नं. २ विवरण :
मिति २०८२।०२।१९ गते जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ शिवनगर स्थित लागु औषध (ब्राउन सुगर) को कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा संकास्पद मानि जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. वडा नं. ४ घोरनेठी बस्ने बर्ष २१ की प्रतिभा विश्वकर्मालाई चेकजाँज गर्ने क्रममा निजको साथबाट ३ पुडिया ( ब्राउन सुगर ) जस्तो देखिने धुलो पदार्थ तौल गर्दा २६० मिलिग्राम लागु औषध ( ब्राउन सुगर ) बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको .दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!