काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलबाट पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमध्ये पाँच जना भारतीय नागरिक छन्। बाँकी सबै जना नेपाली नागरिक हुन्।
पक्राउ पर्नेहरुमा ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र मोहितकुमार सिंह छन्। उनीहरु सबै भारतीय नागरिक हुन् ।
त्यसैगरी पक्राउ पर्ने नेपालीहरुमा डाइमण्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महता, अरविनकुमार खड्का, विष्णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जोर्डन भन्ने जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का र पूर्णबहादुर दर्लामी मगर छन् ।
विशेषगरी उनीहरूले आइपिएल, जस्ता विभिन्न खेलमा बेटिङमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
उनीहरू पछिल्लो पाँच महिनादेखि ललितपुरमा रहेर सट्टेबाजी खेलाइरहेको प्रहरीको भनाइ छ।
यस अवधिमा झण्डै ८१ करोडको कारोबार देखिएको एसपी आचार्यले बताए।
उनका अनुसार कारोबारका लागि धेरैजसो भारतीय बैंक नै प्रयोग भएको देखिएको छ। जसकारण यसमा बेटिङ खेल्नेहरू पनि भारतीय नागरिक नै हुनसक्ने प्रहरीको अनुमान छ।
यही समूहले पहिले दुबईमा पनि सट्टेबाजी खेलाउने गरेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।