१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

स्वर्गीय श्रीमतीको सम्झनामा मूर्ति र पुस्तक: भक्तबहादुर बिक असल श्रीमान,आदर्श पिता

Logo
ABC-Sanchar प्रकाशित बुधबार, जेठ २१, २०८२

दाङ । घोराही युवा समाज सेवी एवं पत्रकार लेखक सबिन प्रियशनले समाजमा कहिलेकाहीँ यस्ता मानिसहरू देखा पर्छन्, जसले आफ्ना व्यक्तिगत पीडा र संघर्षलाई पनि मानवीयताको एउटा गहिरो कथा बनाउन सफल हुन्छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भित्रि रतनपुरका भक्तबहादुर बिक यस्तै प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिनुभएको छ । उहाँको कथा हाम्रो समाजमा असल छोरा, असल श्रीमान र आदर्श पिताको जीवित उदाहरण बन्न पुगेको छ । भक्तबहादुर बिकको जीवनपथ एकदमै सहज र सुखद थिएन । दुई वर्षअघि उहाँको जीवनसंगिनी स्व. आशाकुमारी नेपालीको क्यान्सरका कारण निधन भयो ।

यो घटनाले उहाँको जीवनमा ठूलो शून्यता ल्यायो । तर, भक्तबहादुरले यो पीडालाई आफ्नो कमजोर पक्ष होइन, बलियो पक्ष बनाउनुभयो । उहाँले श्रीमतीको स्मृतिमा आफ्नै घरमा उहाँको प्रतिमा बनाउनु भयो । यो प्रतिमा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । धेरैले उहाँको भावनात्मक समर्पण र साहसको खुलेर प्रशंसा गरेका छन् । भक्तबहादुरको यो कदमले हाम्रो समाजमा पारिवारिक सम्बन्धप्रति गहिरो आस्था र श्रद्धाको सन्देश दिएको छ । उहाँले आफ्ना दुई नाबालक छोराछोरीलाई आमाको अभाव महसुस हुन नदिने गरी माया र संरक्षण प्रदान गर्दै आउनुभएको छ ।

यसैगरी, दृष्टिविहीन बुबा र वृद्ध आमालाई समेत घरमै राखेर स्याहार सुसारले भक्तबहादुरको दयालु हृदय र असल सन्तानको धर्म निर्वाहको प्रतिविम्ब प्रस्ट्याउँछ । यतिबेला समाजमा धेरैजसो मानिसहरू आफ्नो व्यक्तिगत जीवनमा आएको पीडा र संकटमा आफैं अल्झिन्छन् । तर, भक्तबहादुरले विपत्तिलाई सहानुभूति र प्रेरणामा बदल्नुभएको छ । उहाँले आफ्नी जीवनसंगिनीको सम्झनामा ‘आशा’ नामक पुस्तकसमेत प्रकाशन गर्नुभएको छ ।

यो पुस्तकमा उहाँले आफ्ना जीवनका अनुभव र पत्नीप्रतिको अमिट माया पोख्नुभएको छ । यसले उहाँको भावुकता मात्र होइन, उहाँको सृजनात्मक क्षमता र जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई पनि उजागर गर्दछ । यसो भन्नु नबिर्सौं, श्रीमतीको मृत्युपछि दुई साना छोराछोरीको जिम्मेवारी निभाउनु कुनै सजिलो कुरा होइन। त्यसमा पनि बृद्ध अभिभावकको स्याहारसुसारको जिम्मेवारी थपिएको छ । भक्तबहादुरले यी सबै भूमिका एकसाथ जिम्मेवारीपूर्वक निर्वाह गर्नु भएको छ । उहाँको जीवनमा आएका चुनौतीहरूलाई पराजित गर्दै उहाँले आफ्नो परिवारको बलियो स्तम्भ बन्ने निर्णय लिनुभयो । यिनै कारणले आज उहाँ असल छोरा, असल श्रीमान र असल बुबा भनेर चिनिनुभएको छ ।
समाजले पनि यस्ता उदाहरणीय व्यक्तित्वलाई सम्मान गर्न जान्नुपर्छ। उहाँको योगदान र समर्पणको कदर गर्नुपर्ने समय यही हो । उहाँलाई विशेष अभिनन्दन दिने बेला उहाँलाई ‘समर्पित श्रीमान, दयालु पुत्र र आदर्श पिता’ भनेर सम्मान गर्दा उहाँको व्यक्तित्वको सही कदर हुनेछ । यसरी उहाँको योगदानको खुलेर प्रशंसा र सम्मान गरिनुले अन्य मानिसहरूलाई पनि यस्तै भावना र आदर्श जीवनपथको प्रेरणा दिन सक्छ । आजको समाजमा जब हामी परिवारप्रति बढ्दो उपेक्षा, एकल जीवनको प्रवृत्ति र सामाजिक बन्धनको कमजोर हुँदै गएको अवस्था देख्छौं, भक्तबहादुर बिकजस्ता व्यक्तित्व हाम्रो समाजको साँचो नायक बन्ने सामथ्र्य राख्छन् ।

उहाँले देखाउनुभएको समर्पण र आस्था सामाजिक जीवनको नैतिकताको दियोजस्तै हो । उहाँले परिवारको महत्त्व र साँचो ममताको भावनालाई फेरि उजागर गर्नुभएको छ ।

भक्तबहादुर बिकको यो कथा कुनै काल्पनिक उपन्यासको अंश होइन । यो त हाम्रो समाजमा लुकेर बसेका नायकको जीवित उदाहरण हो । उहाँले जीवनमा आएका कठिनाइहरूलाई सृजनात्मक अभिव्यक्तिमा बदल्दै अघि बढ्नु भएको छ ।

यस्तो जीवन दर्शनले हामी सबैलाई सिकाउँछ—कुनै पनि सम्बन्ध, कुनै पनि माया कहिल्यै मर्दैन । यो प्रेम र सम्झना निरन्तर बाँचिरहन्छ, जबसम्म हामीले त्यसलाई आफ्नो कर्म र समर्पणमा जीवित राख्न सक्दछौं । हामी सबैको तर्फबाट भक्तबहादुर बिकलाई विशेष अभिनन्दन प्रकट गर्दै भन्न चाहन्छौं—उहाँ ‘समर्पित श्रीमान, दयालु पुत्र र आदर्श पिता’ हुनुहुन्छ । उहाँको यो यात्राले निश्चय नै हामी सबैमा न्यानो स्पर्श दिन्छ र हामीलाई परिवारप्रति समर्पित भएर बाँच्न प्रोत्साहित गर्छ । भक्तबहादुर बिकजस्ता नायकहरूले नै हाम्रो समाजलाई अझ बलियो र भावनात्मक रूपमा समृद्ध बनाउँछन् । उहाँको जीवनपद्धति र असल व्यवहारका लागि हार्दिक नमन र अभिनन्दन !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!