सुर्खेत । नेपाल सरकार, गृह मन्त्रालय माननीय मन्त्रीस्तरको निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.७२८३ मिति २०८२/०२/१६ गतेको पत्रादेशले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको रूपमा बढुवा भई आउनुभएका प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यलयका प्र.व.उ. शिव कुमार श्रेष्ठ प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकहरू लगायत जुनियर प्रहरी अधिकृत तथा जवानहरूले कार्यालयमा स्वागत गर्नुभएको छ ।
स्वागत पश्चात प्रहरी नायव महानिरीक्षकले सलामी ग्रहण गर्नुभई अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी कर्णाली प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन प्रदान गर्नुभएको थियो ।