१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

प्रधानमन्त्री ओलीको षडयन्त्रको सिकार भए गृहमन्त्री लेखक : प्रभु साह

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ २२, २०८२

 

बालुवाटारमा बुनेको काण्ड हो ‘भिजिट भिसा काण्ड’ : प्रभु साह

बाहिर गठबन्धन देखिए पनि भित्र कांग्रेस–एमालेको काटमार र एकले अर्कोलाई सिध्याउने खेल चलिरहेको छ : प्रभु साह

नेपालगंजमा आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको सिकार गृहमन्त्री रमेश लेखक भएको बताएका छन् ।

‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने मुल नाराका साथ आज (बुधबार) नेपालगंजमा आजपाद्धारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री निवास बालुवाटारमा बुनेको एक महत्वपूर्ण काण्ड ‘भिजिट भिसा काण्ड’ भएको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्रीको कनेक्सन गृहमन्त्रीलाई फसाउने र मोरदेन कांग्रेस बनेर गिजोल्ने काम भईरहको छ । यो सबै घटनाक्रममा भिजिट भिसा प्रकरणमा केपी ओलीको हात छ । यहाँ प्रष्टै देखिन्छ काँखमा राखेर छुरा हान्ने काम भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘रवि लामिछानेमाथि पनि यस्तै भएको थियो, शुरुमा सहकारीमा निर्दोष रहेको भन्ने केपीले नै दोषी बनाई जेल पठाउनु भयो । हेर्दै राख्नुस्, अहिले राजीनामा दिनुनपर्ने प्रधानमन्त्री ओलीले अझै भिजिट भिसामा के के गर्नुहुन्छ ।’

नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको गठबन्धन अपवित्र भएको टिप्पणी गर्दै उनले बाहिर गठबन्धन जस्तो देखिए पनि भित्र–भित्र काटमार, एकले अर्कोलाई सिध्याउने खेल चलिरहेको बताए । अप्राकृतिक एवं अपवित्र अहिलको गठबन्धनका कारण मुलुक र जनताले दुख पाईरहेको र जनता निरास भएको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यक रहेको बताए । मुलुक र जनताको भविष्यका लागि अहिले अन्तरिम सरकार गठन गरेर अगाडी बढनुको विकल्प नभएको समेत उनले बताए ।

सबैलाई थाहा भएको कुरा एमालेको प्रतिस्पर्धी कांग्रेस र कांग्रेसको प्रतिस्पर्धी एमाले भएको बताउदै उनले एकले अर्कोलाई सिध्याउने र भित्र–भित्र नै काटमारको अवस्था रहेको बताए ।

‘एनआरएनए परराष्ट्र मन्त्रालय मातहतको बिषयमा पनि प्रधानमन्त्रीले अनावश्यक हस्तक्षेप गरेर विवाद गराउनुभयो । परराष्ट्र मन्त्रालयमाथिको हस्तक्षेप पछि अहिले गृहमन्त्रालयमा प्रधानमन्त्रीको हस्तक्षेप भएको देखिन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘अख्तियार प्रधानमन्त्रीकै नियन्त्रणमा छ, त्यहीबाट अध्यागमनमा छापा मार्ने । सूचनाहरु चुहाएर मिडियाबाजी गर्नेगराउने काम कसरी भयो ? यो सबैलाई हेर्दा काँखीमा राखेर छुरा हान्ने काम बालुवाटारबाटै भईरहेको छ ।’

उनले बाहिर प्रतिपक्षी दलका कारण विधेयकहरु पारित नभएको जस्तो देखिए पनि सत्तारुढ गठबन्धनको आन्तरिक कलहले नै मुलुक र जनताले दुःख पाईरहेको उनले बताए । दुई तिहाईको शक्तिशाली सरकारले सामान्य बहुमतले पारित हुने विधेयकहरु समेत अल्झाएर राख्नुको कारण के होला भन्दै उनले प्रश्न उठाए ।

यस्तै उनले तराई मधेसका समस्याबारेमा मौन रहेको वर्तमान सरकारले नेपालगंज सहितको विकास नचाहेको बताए । बजेटमै विभेद गरेर तराई मधेसलाई अझै पछाडी धकेल्ने काम सरकारले गरिरहेको उनले आरोप लगाए । ऐतिहासिक, बिभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेको नेपालगंज सहित पश्चिमी तराई मधेसको विकास, समृद्धिलाई सरकारले बेवास्ता गरेको उनले बताए ।

मुलुकमा बढदो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धरासायी बन्दै गईरहेको बताउदै उनले सरकारको मनोमानी, करआतंक, लुटतन्त्र एवं भ्रष्टाचारको बिरुद्धमा एकजुट भएर आवाज उठाउन र संघर्षमा उत्रिन आह्वान समेत गरे ।

आजपा नेता भगतजीको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु त्रिभुवन साह, डा. उसमान, शम्भु जयसवाल लगायतको विशेष सहभागिता रहेको थियाो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!