नुवाकोट । बेलकोटगढी नगरपालिका, नुवाकोटद्वारा आयोजित उपमेयरसंग बालबालिका कार्यक्रम, सबै वडामा कानुनी शिक्षा तथा न्यायिक जनचेतना कार्यक्रम र सूचीकृत मेलमिलापकर्ताहरुको पुनर्ताजगी कार्यक्रम अन्तर्गत बेलकोटगढी न.पा. स्थित विभिन्न स्थानमा प्रशिक्षणको दौडानमा धेरै कुरा सिक्ने र सिकाउने अवसर प्राप्त भयो ।
सर्वप्रथम बेलकोटगढी न.पा. नगर प्रमुखज्यू, नगर उप-प्रमुखज्यू र न्यायिक सहजकर्ता विदुर कुमार पुडासैनी सर, लगायत उपस्थित प्रति हार्दिक आभार एवम् कृतज्ञता समेत व्यक्त गर्दछू ।
विशेषत् प्रशिक्षणको दौडानमा बेलकोटगढी न.पा. स्थित सम्पूर्ण विद्यालय परिवार, सम्पूर्ण वडा कार्यालय र सम्पूर्ण सूचीकृत मेलमिलापकर्ताज्यूहरुले देखाउनु भएको उत्साह, माया, सदभाव प्रति म मुक्तकण्ठले प्रशसा गर्दछु । यहाँहरु संगको यो बसाई अत्यन्त यादगार रह्यो ।
यहाँबाट धेरै कुरा सिक्ने र सिकाउने अवसर पाएँ। मैंले पनि सिकाइको दौडानमा सिक्न धेरै बाँकी छ, प्रशिक्षणको दौडानमा मैंले कति कुराहरु दिन सके/या सकिन् यो सबै कुराहरू यहाँहरुको जिम्मामा छोडें, यहाँहरुले देखाउनु भएको माया, साथ, सहयोगलाई सदैव मेरो स्मृतिको सम्झनामा सधैं सम्झिरहने छु ।
विशेषत् बेलकोटगढी न.पा. का अत्यन्त सरल शालीन व्यक्तित्व द्वय मेयरसाप, उपमेयर साप, प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ सर, न्यायिक सहजकर्ता विदुर सर लगायत प्रशिक्षणको दौडानमा प्रशिक्षकको रुपमा आउनु भएको अत्यन्त सम्मानित व्यक्तित्व अधिवक्ता द्वारिका पाण्डे सर, अन्जु आचार्य म्याम,(निवर्तमान उपाध्यक्ष दुप्चेश्वर गा.पा.), अर्जुन घिमिरे सर, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईं, प्रहरी निरीक्षक आदरणिय सर जयन्ती थापा, विदुर न.पा. का प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल सर हरु प्रति मिठो सम्झना सहित असिमित माया संगै यहाँहरुसंग आभारी छु ।
अन्तमा, सहभागी प्रशिक्षार्थीज्यूहरु जसले अनवरत रुपमा प्रशिक्षणमा सक्रिय सहभागिता जनाउनु भएकोमा हार्दिक धन्यवाद सहित यहाँहरुको उज्ज्वल भविष्यको कामना समेत व्यक्त गर्दछू ।
हामी फेरी भेट्ने छौं।
परिस्थिति जे सुकै होस् यहाँहरुको मनस्थिति, सकारात्मक सोंच, चिन्तन र हेर्ने दृष्टिकोण सही हुन जरुरी छ ।
धन्यवाद….! मिति:२०८२।०२।१५ गते ।