२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

५ महिनामै विवादमा आएपछि ईप्रका सिमरा, बाराको डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी खोसियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २२, २०८२

बारा । सिमरा इलाका प्रहरी कार्यालय, सिमरा, बारामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी खोसिएको छ ।

उनको ठाउँमा अर्का डीएसपी वेद जोशी आजै त्यहाँ हाजिर हुँदैछन् । वाइवा गत पुसमा त्यहाँ सरुवा भएकी हुन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार केही विषयमा छानबिन गर्नुपर्ने कारण उनलाई प्रधान कार्यालय झिकाइएको हो ।

जिल्ला प्रहरी कार्यालय, कलैयाका एसपी सन्तोष तामाङले पनि केही सोधपुछका निम्ति उनलाई प्रधान कार्यालयले बोलाएको बताए ।

जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग तेलको कुपनमा विवाद भएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । सोही विषयमा छानबिनका लागि उनलाई काठमाडौंबाट बोलाहट भएको हो । उनले आफ्नो निर्दोषिता प्रमाणित गरेमा पुनः जिम्मेवारीमा फर्काइने प्रहरी स्रोतले जनायो ।

के थियो विवाद ?

इलाका प्रहरी कार्यालयको ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति उनले उपमहानगरपालिकाबाट सय लिटरका दरले ४० दिनभित्र तीन पटक डिजल र पेट्रोलको कुपन लिएकी थिइन् ।

१८ गते २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिइएपछि प्रशासकीय अधिकृत प्रसाईँकै अगाडि डीएसपी वाइवाले कुपन च्यातेकी थिइन् ।

उनले वैशाख १० र ३१ गते सय लिटरका दरले उपमहानगरबाट कुपन लिएकी थिइन् । जबकि उपमहानगरले महिनामा सय लिटर इन्धन मात्रै दिने गरेको थियो । जेठ १८ मा थोरैको कुपन दिएकी भनी वाइवाले विवाद गरेकी थिइन् ।

डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरपालिकाले बाराका सीडीओ वसन्त अधिकारीलाई लिखित जानकारी गराएको थियो । सोही आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन गरेको हो ।

डीएसपी वाइवा सिमरावासीबीच प्रशंसनीय प्रहरीकार्यका कारण चर्चामा थिइन् । उनले जेठ पहिलो साता शान्ति टोलस्थित खेल मैदानमा आयोजित व्यापार तथा सांस्कृतिक महोत्सवमा तोकिएको समयसीमा उल्लंघन भएपछि हस्तक्षेप गरेकी थिइन् ।

प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र कार्यक्रम सञ्चालनको अनुमति दिएको थियो । तर, आयोजकले राति ९ बजेसम्म टिकट बेचिरहेका थिए । राति भोजपुरी गायक सुनिल पण्डितले गीत गाइरहँदा डीएसपी वाइबा आफैँ स्टेजमा पुगेर माइक खोस्दै साउण्ड सिस्टमको तारसमेत झिकिदिएकी थिइन् ।

यो घटनाबाट उनी स्थानीयवासीबीच प्रशंसित थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]