१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

रास्वपाले भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको मागसहित सदन चल्न नदिने अडान,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २२, २०८२

काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक खुलाउनेबारे प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबिच छलफल भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका उपसभापति डा. स्वणिम वाग्ले र प्रमुख सचेतकबिच संसद्को अवरोध खुलाउनेबारे छलफल भएको रास्वपा उपसभापति डा‍‍.वाग्लेले जानकारी दिए ।

‘संसद् अवरोधबारे नेपाली कांग्रेसका नेताहरू र हामीबिच छलफल भएको छ । संवादहीनता तोडिएको छ । उहाँहरूले आफ्ना धारणा राख्नुभयो, हामीले हाम्रा धारणा राख्यौँ,’ डा. वाग्लेले भने, ‘कुनै सहमति भएको छैन । संवादहीनताको अवस्थाबाट छलफल गर्ने वातावरण आजबाट सुरु भएको छ ।’

उनले भिजिट भिसा सेटिङ प्रकरणमा रास्वपाका माग यथावत् रहेका बताए । रास्वपाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।

कांग्रेसले भने गृहमन्त्रीविरुद्ध कुनै पनि आरोप नलागेकाले सदनमा बोल्न दिनुपर्ने बताउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!