२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा लागूऔषध तथा लैंगिक हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २२, २०८२

दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८२।०२।२२ गते घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित बहुउद्देश्यीय सभाहलमा नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौको आयोजना, घोराही उपमहानगरपालिकाको सह-आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूको अध्यक्षता, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका अध्यक्ष रुपा पौडेल थापा ज्यूको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालज्यूको विशिष्ट आतिथ्यता, जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कार्यालय दाङका प्रमुख उप-अनुसन्धान निर्देशक रमेश कुमार डागा, घोराही उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणी पाण्डे लगायत घोराही उपमहानगरपालिका स्थित विभिन्न वडाका अध्यक्ष तथा वडा सदस्यहरु, नेपाल प्रहरी श्रीमती संघका प्रतिनिधिहरु, आसरा सुधार केन्द्रका प्रतिनिधिहरु,संचारकर्मीहरु, सामुदायिक सेवा केन्द्र घोराही दाङ लगायत पदाधिकारीहरु,पुर्व प्रहरी संगठन दाङका प्रतिनिधिहरु, सरोवारवाला विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न पुनःस्थापना केन्द्रका संचालक तथा प्रतिनिधिहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, आमा समुहका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरु, स्थानीय नागरिकहरु, प्रहरी कर्मचारीहरु लगायतको सहभागितामा संचालित “लागू औषध दुर्व्यसन तथा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम” सम्पन्न गरिएको हो ।

कार्यक्रममा आसरा सुधार केन्द्र काठमाण्डौका प्रशिक्षकद्वय सम्राट नरसिंह प्रधान र गौरव सिरोहियाले लागू औषध दुर्व्यसन नियन्त्रण, लैंगिक हिंसा न्यूनीकरण तथा मानसिक स्वास्थ्य सम्बन्धमा सचेतनामूलक प्रशिक्षण तथा मनोपरामर्श, गन्धर्व समाज दाङका हेमराज गन्धर्व लगायत कलाकार समुहद्वारा सचेतनामूलक सांगितिक प्रस्तुती, प्रहरी कर्मचारीहरुद्वारा सचेतनामूलक नाटक तथा सांगितिक प्रस्तुतिकरण दिनुको साथै कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिज्यूहरुबाट लागू औषध तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धमा सचेतनामूलक मन्तव्य व्यक्त गर्नु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]