१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

आईजिपी दिपक थापाद्वारा नेपाल पुलिस स्टाफ कलेज र प्रहरी अपराध अनुसन्धान विद्यालयको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ २३, २०८२

काठमाडौं । नेपाल प्रहरी संगठन प्रमुख दिपक थापाबाट, Physiotherapy and Rehabilitation Center, Indoor Cricket Ground, मेस, व्यारेकको स्थलगत निरीक्षण, भौतिक संरचना, बिभिन्न शाखा, उप-शाखाहरुको निरीक्षण गर्नुका साथै प्रतिष्ठान परिसरमा वृक्षारोपण गर्नु भई प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औं समूहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुका साथै यस प्रतिष्ठानबाट भए गरेका विभिन्न गतिविधि तथा क्रियाकलापहरु सहितको प्रस्तुतीकरणमा सहभागी हुनु भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट श्रीमान् प्रहरी महानिरीक्षकज्यूलाई स्वागत गर्नुका साथै निरीक्षण भ्रमण सम्पन्न पश्चात “कृतज्ञताको चिनो” प्रदान गरी धन्यवाद ज्ञापन सहित विदाई समेत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!