काठमाडौं । राष्ट्रिय अनुसन्धान बिभागले एसपी र डिएसपीहरुको सरुवामा प्रधानमन्त्रीलाई समेत थापाले झुक्याएका छन् । हालै मात्र प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव गोविन्द कार्कीलाई गलत ब्रिफिङ गरेर उनले सरुवा निकालेका हुन् ।
स्रोतका अनुसार सरुवाअघि उनले प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीलाई २५ हजार पर्ने जुत्ता उपहार दिएका थिए ।
कमजोर क्षमता भएकालाई महत्वपूर्ण जिल्लाको प्रमुख बनाइएको छ भने चलखेलमा नलाख्नेलाई दुर्गम खेदिएको छ ।
एसपी टेकराज तिमल्सिनालाई विगत चार वर्षदेखि भक्तपुरमा बस्दै आएकोमा अहिले पनि उनलाई त्यही राखिएको छ ।
आगामी भदौमा अवकाश पाउन लागेका थापाले जाने बेलामा सरुवाबाट पैसा उठाएको चर्चा गुप्तचरमा छ ।
त्यसैगरी झापामा उमेश पाण्डे, मोरङ्गमा राजन शर्मा सापकोटा, सुनसरीमा विमल घिमिरे, धनुषामा तिलक प्रसाई, सप्तरीमा कुलचन्द्र नेपाल, मकवानपुरमा हेमन्त कार्की र काभ्रेमा दीपक खड्कालाई पठाइएको छ।
त्यस्तै चितवनमा सुरेश तिवारी, तनहुँमा मनोज ढकाल, कास्कीमा मोहन कुँवर, रूपन्देहीमा प्रकाश आचार्य, बाँकेमा हरिस विष्ट, कपिलवस्तुमा हिरण्य कुँवर,
बर्दियामा रमेश सिंह डांगी र कैलालीमा महेश बोहराको सरूवा भएको छ।