१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

लुम्बिनी प्रदेशको फ्रि मिडिया नेटवर्कको अध्यक्षमा चौलागाईं,सदस्य सचिवमा शर्मा चयन

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, जेठ २३, २०८२

दाङ । भालुबाङ, प्रेस स्वतन्त्रता एवम् अभिव्यक्ति स्वतन्त्राको पक्षमा पहरेदारी गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्र्तगत लुम्बिनी प्रदेशका सबै सरोकारवाला पक्षहरुलाई समेटेर प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको हो । नेटवर्कको समंयोजकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईं रहनुभएको छ । नेटवर्कको सदस्य सचिवको रुपमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डव शर्मा रहनुभएको छ ।
नेटवर्कको सदस्यमा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, लुम्बिनी प्रदेश सरकार सञ्चार समन्वय परिषद्का अध्यक्ष मिलन गाहा, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरी ज्ञवाली, लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका उप–सचिव रामप्रसाद भट्टराई, आन्तरिक मामिला मन्त्रालयका अधिकृत धनबहादुर थापा, प्रेस युनियनका प्रदेश अध्यक्ष सुदीप गौतम, प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष शोभाकार पन्थी र प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप वाग्ले रहनुभएको छ ।
त्यसैगरी नेटवर्कको सदस्यहरुमा उच्च अदालत वार एशोयिसन नेपालगञ्जका चित्रबहादुर शाही, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद भट्टराई, चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोख्रेल, सञ्चारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृत अनमोल, डब्लुडब्लुजे लुम्बिनी प्रदेश उपाध्यक्ष भगवति पाण्डे, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवराज पोखरेल, सम्बाद समूह लुम्बिनीका वरिष्ठ सहजकर्ता सुशिल बस्नेत र मानवअधिकार सञ्जालका विनोद केसी रहनुभएको छ ।
सम्बाद कार्यक्रम तथा फ्रि मिडिया नेटवर्क गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा पत्रकारको मात्र सवाल नभएर राज्यका सबै अंग र नागरिक समाजको एजेण्डा हुनुपर्ने बताउनुभयो । उहाँले यो नेटवर्कले प्रेस तथा मिडियाजगतमा आइपर्ने समस्याहरुको समाधानका लागि छलफल, अन्र्तक्रिया तथा पहरेदारी गर्ने बताउनुभयो ।
युरोपियन युनियनका सिनियर प्रोग्राम म्यानेजर शिव भण्डारीले नेटवर्कले सबै पक्षसँग सम्बाद एवम् सहकार्य गरेर आफ्ना कामहरु गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले लोकतन्त्रमा मात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्भव भएको उल्लेख गर्दै प्रतिगामी चलखेलहरुलाई रोक्न सबै लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अर्का केन्द्रीय सचिव वैकुण्ठराज पराजुलीले सबै प्रदेश र जिल्लामा फ्रि मिडिया नेटवर्क गठन गरिने जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुत्रऋषि चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु रामराज पोख्रेल, विकास बञ्जाडे र लिला शाहले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
फ्रि मिडिया नेटवर्कको अवधारणका बारेमा नेपाल पत्रकार महासंघका कार्यक्रम संयोजक गिरिराज अधिकारीले प्रकाश पर्नुभएको थियो । सो अवसरमा फ्रिडम फोरमकोतर्फबाट नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले प्रदेशको समग्र पत्रकारिताको विषयमा प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष मीना ढकालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव पाण्डव शर्माले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई नेपाल पत्रकार महासंघ, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!