१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

अमेरिकामा ४ जना नेपालीहरु गोली लागेको अवस्थामा मृत फेला,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ २४, २०८२

काठमाडौं । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीलाई मृत अवस्थामा भेटिएको छ । उनीहरूलाई गोली लागेको अवस्थामा मृत भेटिएको हो ।मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अन्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन् । मनाससपार्क प्रहरीका अनुसार उनीहरू घटना भएको घरको तल्लो तलामा भाडामा बस्दै आएका थिए ।

स्थानीय समयअनुसार बिहीबार राति १०ः४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई मृत भेटेको थियो । प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सवै शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको प्रहरी विभागले जनाएको छ ।घटनास्थलमा हतियार पनि फेला परेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!