२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सरुवा भई जान लाग्नु भएका एसएसपी जिसीलाई डिआईजी भट्टद्वारा बिदाई,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ २६, २०८२

दाङ । तुल्सीपुर नेपाल सरकार, गृह मन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२।०२।१६ गतेको पत्रले यस कार्यालयबाट गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, कास्की सरुवा भई जान लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जि.सी.लाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्ट ज्यूको प्रमुख अतिथ्यतामा फेरी भेटौला कार्यक्रम आयोजना गरी प्रमुख अतिथि ज्यूबाट शुभकामना मन्तव्य सहित मायाको चिनो प्रदान गरी स-सम्मान बिदाई गरियो । उक्त कार्यक्रममा सरुवा भई जान लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जि.सी. ज्यूले यस कार्यालयमा कार्यरत रहँदाको अनुभव सहितको छोटो मन्तव्य समेत व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत ज्यूहरू, जुनियर प्रहरी अधिकृत ज्यूहरू र अन्य सक्कल दर्जाका प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]