०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

सरुवा भई जान लाग्नु भएका एसएसपी जिसीलाई डिआईजी भट्टद्वारा बिदाई,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ २६, २०८२

दाङ । तुल्सीपुर नेपाल सरकार, गृह मन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२।०२।१६ गतेको पत्रले यस कार्यालयबाट गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, कास्की सरुवा भई जान लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जि.सी.लाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्ट ज्यूको प्रमुख अतिथ्यतामा फेरी भेटौला कार्यक्रम आयोजना गरी प्रमुख अतिथि ज्यूबाट शुभकामना मन्तव्य सहित मायाको चिनो प्रदान गरी स-सम्मान बिदाई गरियो । उक्त कार्यक्रममा सरुवा भई जान लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जि.सी. ज्यूले यस कार्यालयमा कार्यरत रहँदाको अनुभव सहितको छोटो मन्तव्य समेत व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत ज्यूहरू, जुनियर प्रहरी अधिकृत ज्यूहरू र अन्य सक्कल दर्जाका प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!