१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नुवाकोटको तादी गाउँपालिकाले सुरु गर्यो: साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम”

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ २७, २०८२

नुवाकोट ।”सावधानी अपनाऔँ – साइबर अपराधबाट बचौ” भन्ने मूल नाराका साथ सबै सामुदायीक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ तादी गाउँपालिका, नुवाकोटको आयोजना र इलाका प्रहरी कार्यालय खरानीटार, नुवाकोटको समन्वयमा साइबर अपराधका सम्बन्धमा सचेतना दिने उद्देश्यका साथ ७ दिने प्रशिक्षण कार्यक्रम मिति २०८२।०२।१४ गते अमरज्योती मा.वि. खरानीटार देखि सुरु भई आज मितो २०८२।०२।२६ गते श्री सुन्दरा मा.वि. सातविसेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तिम दिन मिति २०८२।०२।२८ गते श्री रालुका मा.वि. मा प्रशिक्षण सम्पन्न हुने छ ।


तादी गाउँपालिकाका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षमा संचालित उक्त कार्यक्रममा तादी गा.पा. उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठ ज्यू, प्रमुख प्रशासकिय अधिकृत धुब्र खनाल ज्यू, प्रहरी निरीक्षक जयन्ती थापा ज्यूको विशेष आतिथ्यतामा करिव ६५ जनाको उपस्थिति रहेको थियो ।

तादी गा.पा. अध्यक्ष श्री सन्तमान तामाङज्यूले यस कार्यक्रमले सबै विद्यार्थीहरुलाई साइबर अपराधका सम्बन्धमा सचेतना जगाउने र यसले उच्चतम प्रतिफल प्राप्त हुने कुरामा विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।

उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा तादी गा.पा. नुवाकोटका सूचना प्रविधि अधिकृत पुरुषोतम वाग्ले ज्यू, प्रहरी निरीक्षक जयन्ती थापा ज्यू, प्रहरी सहायक निरीक्षक राजेश के.सी. ज्यूले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षणको दौडानमा साइबर अपराध रोकथाम र न्यूनीकरणका उपायहरूका सम्बन्धमा साथै सकारात्मक सोचको विकास कसरी गर्ने, मनोपरामर्शका सवालमा प्रशिक्षण प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!