धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्वर बहादुर वि.कद्वारा कैलालीको फुलवारीमा रहेको आसरा सुधार केन्द्र फुलवारीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा उहाँले सुधार केन्द्रको भौतिक संरचना, मेस, उपचारत सदस्यहरुको आवास तथा सरसफाईको अवस्थाका साथै केन्द्रबाट दैनिक रुपमा संचालन हुँदै आएको गतिविधिहरुको वारेमा जानकारी लिनु भई उपचाररत सदस्यहरुसंग अन्तरक्रिया समेत गर्नु भयो ।
साथै निरीक्षणको क्रममा आसरा सुधार केन्द्र फुलवारी, कैलालीका संरक्षक समेत रहनु भएका प्रदेश प्रहरी प्रमुख ज्यूले उपचारार्थीहरुलाई लागू औषधबाट मुक्त हुन मनै बाट प्रयास गर्न उत्प्रेरणात्मक सन्देश दिनुहुँदै लागू औषधको कुलतबाट हुन सक्ने व्यक्तिगत, परिवारिक, सामाजिक, आर्थिक समस्याका साथै अपराधिक गतिविधिलाई न्युनिकरण गर्ने उद्देश्यले दुर्व्यसनमा फसेका युवाहरुलाई उपचार तथा परामर्श प्रदान गरि समाजमा प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने सुधार केन्द्रको पवित्र लक्ष्यलाई अझ प्रभावकारी रुपमा उपलव्धिमुलक बनाउन आ-आफ्नो क्षेत्रबाट कार्य गर्न कार्यरत प्रहरी कर्मचारीहरु तथा संचालक समितिका पदाधिकारीहरुलाई सुझाव समेत दिनु भएको थियो ।