०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

अमेरिकामा क्यालिफोर्नियामा आप्रवासीमाथि गरिएको छापामारीको विरोध सुरु प्रदर्शन उग्र,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ २७, २०८२

 

काठमाडौं अमेरिका आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ।  दुई पक्षबीच भएको झडपका कारण आगजनी र तोडफोड भएका छन्।

प्रहरीले चलाएको गैरघातक गोली लागेर एक जना बेलायती फोटोग्राफर र एक जना अस्ट्रेलियन पत्रकार घाइते भएको छन्। यस्तै ६० जना आन्दोलनकारी घाइते भएको अमेरिकी सञ्चारमाध्यले जनाएका छन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रदर्शन नियन्त्रणमा लिन ७ सय जल सैनिक परिचालन गरेको छ।  अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेकाहरुको खोजी र वहिर्गमनको काम तीब्र रुपमा भइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लस एन्जलसमा मात्रै झण्डै २ हजारको संख्यामा सुरक्षा गार्डका सैनिक परिचालन गरेको छ।

यसैबीच क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यस कदमविरुद्ध संघीय प्रशासनमाथि नै मुद्दा दायर गरेका छन्।

सेना परिचालनका विषयमा डेमाक्र्याट गभर्नरहरु एकमत भएर विरोधमा उत्रिएका हुन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!