१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

एआईजी सिद्धि बिक्रम शाहद्वारा जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ २७, २०८२

बाँके । नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग नक्साल काठमाण्डौका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सिद्धि बिक्रम शाहको निर्देशन सम्बोधनको क्रममा यस जिल्ला प्रहरी कार्यालय बाँकेमा पाल्नुभई कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण, विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कार्यरत प्रहरी कार्यालयका प्रमुखहरु, सिनियर प्रहरी अधिकृत तथा उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षाको अवस्था सुदृढीकरणमा प्रहरीले महत्वपुर्ण उपस्थिति जनाई प्रमाणमुखी अनुसन्धान र अभिलेख व्यवस्थापनमा जोड दिनुपर्ने बताउँदै सांगठनिक मूल्य र मान्यता अनुरूप काम कारवाही गर्न, जनमुखी प्रहरी सेवा प्रवाह गर्न र प्रत्येक प्रहरी कर्मचारीले प्रहरी आचरण तथा आचारसंहिताको अक्षरस पालना गर्न निर्देशन समेत दिनुभएको थियो ।

सो अवसरमा यस जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरज्यूले स्वागत मन्तब्य राख्नु भएको थियो भने धन्यवाद ज्ञापन गर्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षकज्यूले प्र.अ.म.नि. ज्यूले दिनुभएको निर्देशनलाई अक्षरस पालना गरि प्रहरी सेवालाई समय सापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!