०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

समान चेकजाँच गर्दा असई चन्दमाथि खुलेआम तस्करीहरुद्वारा दिनदहाडै कुटपिट सुरक्षामा चौनौती

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ २७, २०८२

कञ्चनपुर । बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई धीरबहादुर चन्दमाथि खुलेआम कुटपिट भएको छ। केही दिन अगाडिमात्रै चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको हो।

स्रोतका अनुसार सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको हो।

यो घटनाले सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणमाथि गम्भीर प्रश्न उठाएको छ। स्रोतले दिएको जानकारी स्थानीय हार्डवेयर पसल संचालक तथा तस्करीसँग संलग्न रहेको आरोप लागेका राहुल रानाको समूहले चन्दमाथि हातपात गरेका थिए।

असई चन्दले सामान चेकजाँचको क्रममा विवाद सुरु भएको थियो। विवादको क्रममा राना समूहले प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका थिए।

घटनापछि चौकीमा तनावको स्थिति सिर्जना भएको थियो। उता यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डिएसपी सागर बोहराले भने प्रतिक्रिया दिँदै तस्करविरुद्ध कानूनी कारबाही गरिएको जानकारी दिए।

यस्तै उनले घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली पठाइएको पनि बताए। ‘मलको विषयमा विवाद भएको जानकारी आएको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

पछिल्लोसमय स्थानीयस्तरमा खुलेआम हुने तस्करी र त्यससँग जोडिएका व्यक्तिहरूको गतिविधिले सुरक्षाकर्मी नै निशानामा पर्न थालेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!