१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ २८, २०८२

मेष -आजको दिन आत्मविश्वास बढ्नेछ। पुराना कामहरूमा सफलता मिल्ने सम्भावना छ। मान-सम्मान प्राप्ति र सामाजिक सञ्जालमा विस्तार हुने दिन हो। पारिवारिक सहयोगले कार्यमा उत्साह थप्नेछ।

वृष -धन र व्यवसायसम्बन्धी निर्णयहरू सोचविचारपूर्वक लिनु उपयुक्त हुनेछ। खर्चमा ध्यान दिनुपर्ने समय हो। पारिवारिक वातावरण सामान्य रहन सक्छ, तर आत्ममूल्यांकन आवश्यक हुनेछ।

मिथुन -सहकर्मी तथा साथीहरूको सहयोगले कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। महत्वाकांक्षी योजनामा प्रारम्भिक सफलता देखिनेछ। प्रेम सम्बन्धमा पारदर्शिता आवश्यक हुनेछ।

कर्कट -व्यवसाय र जागिरमा उच्च परिणामको आशा गर्न सकिन्छ। वरिष्ठ व्यक्तिको सहयोग पाइनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ। सामाजिक प्रतिष्ठा बढ्ने संकेत छन्।

सिंह -चन्द्रमा आफ्नो राशिमा रहेकाले मानसिक सन्तुलन आवश्यक हुनेछ। आत्मविश्लेषणमा समय दिनु हितकर हुनेछ। अध्ययन, अध्यात्म र यात्रामा मन लाग्ने समय हो।

कन्या -आजको दिन केही गोप्य र आन्तरिक कुराहरू सतहमा आउन सक्छन्। स्वास्थ्यमा ध्यान पुर्याउनुपर्ने समय हो। मनोबल उच्च राखेर पुराना समस्याको समाधान खोज्नु उपयुक्त हुनेछ।

तुला -मित्रतामा मजबुती र सामाजिक सञ्जालको विस्तार हुनेछ। नयाँ योजना र सहकार्यले राम्रो परिणाम दिन सक्छ। सन्तुलित बोली र व्यवहारले सफलता दिलाउनेछ।

वृश्चिक -पेशागत क्षेत्र वा कार्यक्षेत्रमा ध्यान केन्द्रित गर्नु आवश्यक छ। लक्ष्यप्रति समर्पणले सफलता दिलाउन सक्छ। वरिष्ठ व्यक्तिहरूसँग सहकार्य लाभदायक हुनेछ।

धनु -आजको दिन ज्ञान, यात्रा र धर्मप्रति आकर्षण बढ्नेछ। नयाँ कुरा सिक्न पाइने अवसर मिल्नेछ। पारिवारिक सम्बन्धमा समझदारी आवश्यक हुनेछ।

मकर -धनसम्बन्धी विषयहरूमा सचेत रहनु उपयुक्त हुनेछ। साझेदारीमा चलिरहेका काममा पारदर्शिता कायम राख्नु लाभदायक हुनेछ। भावनात्मक विषयमा धैर्य आवश्यक हुनेछ।

कुम्भ -दाम्पत्य सम्बन्धमा सुधार आउनेछ। साझेदारी कार्य सफल हुने संकेत देखिन्छ। सहकार्यमा लचकता अपनाउँदा अझ राम्रो परिणाम प्राप्त हुनेछ।

मीन -स्वास्थ्य र कार्यक्षेत्र दुवैमा सन्तुलन आवश्यक छ। व्यस्त दिन भए पनि समय व्यवस्थापन गर्न सकिनेछ। मानसिक स्थिरता र संयमता आजको सफलता हो।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!