१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

पत्रकार पाठकमाथि पक्राउ पुर्जी जारी भएको प्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनीको आपत्ति,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ २८, २०८२

दाङ । भालुबाङ विजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट आदेश जारी हुनुका साथै पत्रकार दिलभूषण पाठकमाथि नेपाल प्रहरीको साईबर व्युरोमार्फत पक्राउ पुर्जी जारी गरिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानमै प्रत्याभूत गरिएको स्मरण गराउँदै महासङ्घले अदालतबाट जारी आदेश र प्रहरीबाट जारी पक्राउ पुर्जीप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।

महासङ्घ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्माले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति वा विवाद उत्पन्न भएमा त्यसको प्रारम्भिक मूल्याङ्कन तथा निरूपण गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ।” संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतको भएको उल्लेख गर्दै महासङ्घले यस विषयमा पुनर्विचार हुने विश्वास पनि व्यक्त गरेको छ ।

महासङ्घको विज्ञप्तिमा प्रारम्भिक आदेशको पुनरावलोकन गरी संविधान र विधिको मर्मअनुसार समायोजन हुने आशा गरिएको छ। त्यसैगरी महासङ्घले पत्रकार पाठकमाथि जारी गरिएको पक्राउ पुर्जी तत्काल फिर्ता लिन नेपाल प्रहरीलाई आग्रह गर्दै प्रेस स्वतन्त्रताप्रति राज्यको प्रतिबद्धता पुनः पुष्ट गर्नुपर्नेमा जोड दिएको छ।
महासङ्घले पत्रकारको पेशागत स्वतन्त्रता, प्रेस स्वतन्त्रताको रक्षा तथा प्रेस काउन्सिल नेपालको संवैधानिक मर्यादा जोगाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । साथै सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ।

विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सन्दर्भमा उत्पन्न घटनाप्रति चासो व्यक्त गर्दै आवश्यक संवैधानिक संयन्त्रको सम्मानमा जोड दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!