१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सिरहा जिल्लामा एसपी घुमुवाहरुको आर्थिक आतंक; तस्करीको रकम असुल्न भ्याई नभ्याई

Logo
सुरेन्द्र दास प्रकाशित बिहिबार, जेठ २९, २०८२

सिरहा । घुमुवा’ अर्थात् सादा पोसाकका प्रहरी । नेपाल प्रहरीमा गोप्य सूचना संकलन गर्न घुमुवा राख्ने प्रचलन छ ।  नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा सघाउने मनसायले राखिएका घुमुवा प्रहरी पछिल्लो पटक जिम्मेवारी छाडेर ‘शतप्रतिशत’ महिनावारी उठाउन सक्रिय रहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाको गोप्य सूचनाको संकलनको गर्न  सदा पोशाकमा खटाएको घुमुवाहरु आर्थिक आतंक नै मच्चाएको छन।

सिरहाका घुमुवाहरू स्थानीय सुरक्षा प्रमुख र तस्करहरुबाट पैसा उठाएर माथि सम्म पुर्‍याउने विश्वासिला माध्यम बन्न थालेका छन् । घुमुवा प्रहरीको जागिर जुन जिल्लाबाट सुरु हुन्छ अधिकांशले अवकाश पनि त्यहीँ वा आसपासका जिल्लाबाट पाउने गरेका छन् ।सिरहाको आपराधिक अनुसन्धान शाखा अर्थत् (क्राईम शाखा)का प्रमुख प्रहरी निरीक्षक आकाश उप्रेती हुन्।सिरहाका एसपी आन्नत राम शर्माको नजिक र विश्वासिलो मानिने ऊप्रेती पाँच जनालाई घुमुवाको रुपमा परिचालन गरि विभिन्न नाकाहरुबाट रकम असुल्ने गरेको रहस्य खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको घुमुवाको रुपमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक शिव मैनाली ,प्रहरी हवल्दार प्रमोद यादव ,प्रहरी जवान मनिष यादव ,प्रहरी सहायक हवल्दार सुरेन्द्र यादव र सहायक हवल्दार देवकुमार यादवले विभिन्न नाकाहरु एसपी शर्मा नाँउमा समेत कारोबार गर्नेहरु संग रकम असुल्ने गरेको स्रोतको दाबी छन। सिरहाका माडर, लगडी , बरियापट्टि भारत  , बडहरी , झाझ्पटी , कुसन्डी , मरिटोल , ठाडी, माडर नाकाबाट व्यापक रुपमा तस्करी क्राईमका ईन्सपेकटर उप्रेतीको संरक्षणमा शुरु भएको छ।घुमुवा असई मैनाली, यादव थर रहेका चाँर जनालाई सिमानाकाबाट तस्कर संग पैसा उठाउन भ्याईनभ्याई भएको छ।

सिरहामा लत्ताकपडा, हाडयेवर, जुत्ता चप्पल, रजनिगंधा राजनिवास, गाई, भैसी, रङ्गा, केराऊ,छोकडा, मरिच इ सबै प्रहरीको सहयोगले सिरहाको सीमावर्ती नाकाहरुबाट तस्करी निर्वाध रूपमा भइरहेको छ। यति मात्र काँहा हो र इ टोलिहरु ले जुवा कौडा तथा वेस्याबृदि गराएर लागुऔषध गाँजाको पनि लाइन खाएर पैसा आर्जनमा जुटेका छन  । सश्त्र प्रहरिले तस्करिको समान समातने तर नेपाल प्रहरिले किन न समातने भन्ने कुराले जिल्ला प्रहरी कार्यालय सिरहाबाट शान्ति सुरक्षाको मुख्य जिम्मेवारी पाएका  प्रहरीले अपराध अनुसन्धान र सूचना संकलनको लागि खटिएको प्रहरी टोलीले अहिले तस्करी, होटल र मानिस समेतलाई विभिन्न मुद्दामा फसाई दिन्छु दर धाक देखाई समेत रकम असुल्ने गरेको स्थानीयहरुले बताउछन।

सदा पोशाकमा खटिएका घुमुवाहरुले माडर नाकाबाट तस्करीको काम गर्न राकेश यादव एक लाख पचास हजार,बिष्णु भगत एक लाख, मोहन 65 हजार, देबेन्द्र यादव७५ हजार र खिरोना नाकाबाट रक्सी कारोबारी बलिराम यादवबाट 65हजार रकम असुली गरि लाईन दिएको नाम नछाप्रने सर्तमा एक कारोबारी यश अनलाईनलाई बताएका छन।

जिल्ला प्रहरी कार्यालय सिरहाको क्राईम शाखाँमा कार्यरत रहेका हवल्दार प्रमोद यादवको विगत पाँच बर्षदेखी राजनितीक पावरको पहुचमा क्राईम शाखामा बस्दै आएका छन ।घुमुवा यादवको  दरबन्दी जनकपुर गुल्ममा भएपनी माथिल्लो निकायको आर्शिवादले सदा पोशाकमा खटि तस्करी गराए बापत तस्करहरु संग रकम असुल्न बिशवासिलो माध्यम बनेका छन।यादव नाम थर भएका चारै जनाको दरबन्दी जनकपुर गुल्ममा भएपनि लामो समय देखि सोर्स फोर्सको कारण जिल्ला प्रहरी कार्यालय सिरहाको घुमुवा भई बस्दै आएका छन।यी घुमुवाहरु तस्करीको सामान रातभरि कटाए बापत लाखौं रुपैया असुली गरि हाकिम समेत बुझाउने गरेका छन।

केही दिन उता बन्द रहेको तस्करी जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख भई शर्मा आएको दिन देखि नै ठुलो मात्रामा तस्करीको लाईन सुचारु भएको सिमानाकामा रहेका स्थानीयहरुले बताउँछन् ।

यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!