काठमाडौं । भारत यसअघि विमानमा सवार २४२ जना यात्रुकै मृत्यु भएको स्थानीय प्रशासनले जानकारी गराए पनि एक जना व्यक्ति जीवितै रहेको पाइएको भारतको न्युज १८ डटकमले जनाएको छ ।
अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।’
दुर्घटनामा जीवित रहेका व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश रहेको भनिएको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।
भारतमा आफन्त भेट्न आएका विश्वास आफ्ना दाजु अजय कुमार रमेशसँग बेलायत फर्किँदै दिए । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भनेका छन्, ‘टेकअफ गरेको ३० सेकेन्डमै ठुलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो । सबै कुरा एकैचोटी भयो ।’
अहमदाबादबाट बेलायतको राजधानी लन्डनको दक्षिणमा रहेको ग्याटविक विमानस्थलकमा लागि एयर इण्डियाको विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । एजेन्सी